कैलाली, ५ पुस। सुदूरपश्चिम प्रदेश सभाका सभामुख अर्जुन बहादुर थापालाई कोरोना संक्रमण भएकाे छ । शनिबार सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा थापाकाे स्वाब परीक्षण गराउँदा नतिजा पाेजेटिभ देखिएकाे जनाइएकाे छ ।
सभामुख थापाकाे सचिवालयले उनमा संक्रमण पुष्टि भएको जानकारी दिएको हाे । सचिवालयका अनुसार थापालाई केही दिनदेखि हल्का ज्वरोकाे लक्षण देखिएपछि काेराेना परीक्षण गरिएकाे थियो । काेराेना पुष्टि भएपछि थापा हाल होम आइसोलेसनमा बसेर स्वास्थ्य लाभ गरिरहेकाे जनाइएकाे छ ।