गायिका नेहा कक्कर र उनका पति रोहन प्रीत सिंहले सामाजिक सञ्जालमा एक फोटो शेयर गरेका थिए, जसमा नेहा गर्भावती रहेको देख्न सकिन्छ। उनले उक्त फोटोमा क्याप्शन समेत लेखेकि छिन् ‘अब ख्याल राख्नुहोस्’। उक्त फोटोमा उनका थुप्रै प्रशंसकहरुले बधाई दिएका छन् भने कतिले यति चाडैँ पनि भनेका छन्। यद्यपि भारतीय सन्चार माध्यमका अनुसार यो तस्बिर नेहा र रोहनको आगामी गीतको प्रचारको लागि खिचिएको थियो।
इन्डियन आइडलको सेटसँग सम्बन्धित केही स्रोतहरूले एक अंग्रेजी समाचार वेबसाइटलाई भनेका छन् नेहा र रोहनको उक्त तस्बिर उनीहरूको आगामी म्युजिक भिडियोको लागि हो। गीत ‘ख्याल राख्या कर’ को भाग २ हो जसमा नेहा र रोहनको अभिनय रहेको छ।