अछाममा छाउगोठ भत्काउने अभियानको दोस्रो चरण सुरु भएको छ । आज प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी र सशस्त्र प्रहरी नायब उपरीक्षक, सहायक प्रमुख जिल्ला अधिकारी, वडाध्यक्ष, पत्रकारसहितको टोलीको उपस्थिति र निर्देशनमा पंचदेवल विनायक नगरपालिका ५ स्थित बबाचौडमा ९ ओटा छाउगोठ भत्काइएको छ ।