बागलुङ नगरपालिका वडा नम्बर १ रामरेखा ओमशान्ति चोकमा मोटरसाइकल दुर्घटना हुँदा एक जना घाइते भएका छन् ।
शनिरबार दिउसो बा ९२ प २०३४ नम्बरको मोटरसाईकल दुर्घटना हुँदा मोटरसाइकलमा सवार बागलुङ नगरपालिका वडा नम्बर ८ सिगानाका ३१ वर्षीय नेत्र कार्कीको
दाइने हात भाँचिएको जिल्ला प्रहरी कार्यालय बागलुङका इन्स्पेक्टर विजय भण्डारीले जानकारी दिए ।
घाईलेलाई उपचारको लागि पोखरा रेफर गरिएको इन्स्पेक्टर भण्डारीको भनाई छ । टेलिकम रोडबाट रामरेखा जादै गरेको
मोटरसाईकल रामरेखाबाट आउदै गरेको लु ४ त ३२३४ नम्बरको ट्याक्टरसँग झुक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परेका मोटरसाइकल चालक
रुजित थापा भने सकुशल रहेको भण्डारीको भनाई छ । ट्याक्टर चालकसँग दुर्घटना सम्बन्धि सोधबुझ भइरहेको बताइएको छ ।