आफ्नै श्रीमतीको हत्या गरी फरार साढे ४ वर्षपछि पक्राउ

साढे चार वर्ष पहिले आफ्नै श्रीमतीको हत्या गरी फरार रहेका एक जनालाई कपिलवस्तु प्रहरीले पक्राउ गरेको छ।

२०७३ साल साउन ३० गते कपिलवस्तुको शिवराज नगरपालिका वडा नं. ११ थुनिया भदोखर्ककी २६ वर्षीया साजरा खातुनको उनकै श्रीमानले हत्या गरेका थिए।

२७ वर्षीय उस्मान धोबी मुसलमान भन्ने उसमान गनी मुसलमानले रातिको समयमा घाँटी थिचेर साजराको हत्या गरी फरार भएका थिए।

साजराको हत्या गरी भारतमा लुकिछिपी बस्दै आएका उसमान घर आएको गोप्य सूचनाको आधारमा घर खानतलासी गर्दा प्रहरीले पक्राउ गरेको हो।

पक्राउ परेका उसमानलाई शुक्रवार नै जिल्ला अदालत कपिलवस्तुबाट म्याद थप गरी अनुसन्धान गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख प्रहरी उपरीक्षक नवराज अधिकारीले श्रीमतीको हत्या गरेलगत्तै फरार रहेकोमा मुद्दा प्रक्रिया अगाडि बढाउन नसकिएको भए पनि पक्राउ परेलगत्तै कारबाहीको प्रक्रिया अगाडि बढाइएको बताए।

उसमानलाई ईलाका प्रहरी कार्यालय चन्द्रौटाको टोलीले घर भित्रैबाट पक्राउ गरेको थियो।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *