प्रधानमन्त्री केपी शर्मा ओली प्रचण्डलाई भेट्न खुमलटार पुगेपछि नेकपाभित्रको चर्चाको विषय बनेको छ । के कारण ओली आफै प्रचण्डलाई भेट्न गए भन्ने खुलेको छैन ।
भीम रावल, स्थायी समिति सदस्य – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)
ओली आफैं प्रचण्डलाई भेट्न खुमलटार गएपछि नेता भिम रावलले ओली पक्षलाई व्यंग्य गरेका छन् ।
उनले ट्वीटरमा लेखेका छन्–
बिहान प्रमं केपि ओलीजी,प्रचण्डजीसंग कुरा गर्न खुमलटार जानुभएछ।वामदेवजीको उपस्थितमा मिलौं भन्नुभएछ।हामीले खुमलटारमा प्रचण्डजीसंग भेट्दा बुर्ल्लुक उफ्रिदै पुच्छर भए भन्नेहरू अबत चुप लाग्छन् कि?
नेताहरू बीच कुराकानी हुनु र सहमति खोज्नु राम्रो हो।सहमति नभए विधिबाट समाधान खोज्नुपर्छ।