राजधानीमा एक घरको छत भत्केपछि तीन जनाको मृत्यु

शनिबार बिहान राजधानीमा एक घरको छत भत्केपछि तीन जनाको मृत्यु भएको छ । जानकारी अनुसार ६ जना गम्भीर घाइते पनि भएका छन् । भारतको राजधानी नयाँ दिल्लीको ख्याला गाउँको विष्णु गार्डेनमा एउटा घरको छत भत्किएको हो ।

यस घटनामा तीन जनाको मुत्यु भएको छ भने ६ जना घाइते भएका छन् । घटनापछि तुरुन्तै दमकल विभागलाई खबर गरिएको थियो, त्यसपछि चार दमकलहरू घटनास्थलमा पुगेका थिए । अहिले राहत तथा उद्धार कार्य भइरहेको जानकारी दिइएको छ ।

घरभित्र फसेका मानिसहरूलाई निकाल्ने प्रयास भइरहेको छ । सूचनाका अनुसार हालसम्म ६ जना घाइते भएका छन् जसमध्ये केहीलाई गुरु गोबिन्द सिंह अस्पतालमा भर्ना गरिएको छ भने अरुलाई डिडीयूमा सारिएको छ ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *