स्लोभाकियाका प्रधानमन्त्री इगोर माटोभिक कोरोना भाइरसबाट सङ्क्रमित

स्लोभाकियाका प्रधानमन्त्री इगोर माटोभिक कोरोनाभाइरसबाट सङ्क्रमित भयका छन । ब्रसेल्समा भएको युरोपेली संघको एउटा सम्मेलनमा सहभागी भएको एक हप्तापछि उनि सङ्क्रमित भएको पुष्टि भएको हो । उनले आफू भाइरसबाट सङ्क्रमित भएको शुक्रबार जानकारी दिए ।

सम्मेलनमा फ्रान्सका राष्ट्रपति एम्यानुएल म्याक्रोँ पनि सहभागी भयका थिय । उनलाई केही दिन अगाडि नै सङ्क्रमण पुष्टि भएको थियो । उनलाई सङ्क्रमण पुष्टिभएसँगै उनको सम्पर्कमा रहेका विभिन्न देशका नेता र फ्रान्सका उच्च अधिकारीहरु पनि सेल्फ आइसोलेसनमा बसेका थिए ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *