कोभिड-१९ विरुद्ध बनेको मोडेर्नाले पनि अमेरिकामा स्विकृति पायो

एजेन्सी, ४ पुष । कोभिड-१९ विरुद्ध बनेको मोडेर्नाले पनि अमेरिकामा स्विकृति पाएको छ। अमेरिकी खाद्य तथा औषधि प्रशासन (एफडीए) ले मडेर्ना कम्पनीले उत्पादन गरेको कोरोना खोपको प्रयोगका लागि स्वीकृति दिएको हो ।

एफडीएले यसअघि फाइजर भ्याक्सिनलाई स्विकृत गरिसकेको छ भने कतिपयले यो खोप लिइसकेका छन्।

एफडीएले शुक्रबार राति ट्वीटरमार्फत् खोपको आपतकालीन प्रयोगका लागि स्वीकृति दिएको जनाएको हो। अमेरिकामा स्वीकृति पाउने मडेर्नाको खोप दोस्रो हो।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *