झुटो विवरण पेश गरेर दुई नागरिकता लिएको आरोपमा मुछिएकाहरुलाई धरौटीमा रिहा

दोहोरो नागरिकता प्रकरणमा मुछिएकाहरुलाई धरौटीमा रिहा भएका छन् ।

जिल्ला अदालत बागलुङले शुक्रबार उनीहरुलाई धरौटीमा रिहा गरेको हो । झुटो विवरण पेश गरेर दुई नागरिकता लिएको आरोपमा बागलुङ नगरपालिका—६ का पंकज सापकोटा पक्राउ परेपछि त्यसमा संलग्नहरु विरुद्ध मुद्दा परेको थियो ।

सापकोटाले बागलुङ नगरपालिका—४ बाट इश्वर आचार्य नामबाट कागजपत्र पेश गरेर दोहोरो नागरिकता लिएको भेटिएको थियो । यो प्रकरण सार्वजनिक भएपछि प्रहरीले यसमा संलग्नलाई प्रक्राउ गरेको थियो ।

पंकजको बयानको आधारमा तत्कालिन बानपा—४ का वडा सचिव प्रेमबहादुर खड्का र सनाखत गर्ने सन्तोष आचार्यलाई पक्राउ गरेको थियो ।

विद्यालयको प्रमाणपत्र प्रदान गर्ने शिक्षक र वडाध्यक्ष ध्रुवबहादुर केसी विरुद्ध पनि जिल्ला अदालत बागलुङले पक्राउ पुर्जी जारी गरे पनि उनीहरु अझैसम्म फरार रहेका छन् ।

जिल्ला अदालत बागलुङले शुक्रबार सुनुवाई गरेपछि तीन जनालाई धरौटीमा छोडेको हो । दोहोरो नागरिकता लिने पंकजलाई १ लाख १० हजार र नाता प्रमाणित गर्ने सन्तोषलाई ३० हजार धरौटीमा रिहा गरिएको छ ।

वडा सचिव प्रेमबहादुरलाई तारिखमा रिहा गरिएको छ । यस प्रकरणमा नागरिकता दिने तत्कालिन सहायक प्रमुख जिल्ला अधिकारी धु्रब गिरी, प्रशासकीय अधिकृत कृष्णराज गौतम रहेका छन्

नागरिकताको फाँटवाला नासु विष्णुप्रसाद शर्मा विरुद्धप नि मुद्दा परेको छ । उनीहरुलाई झुटो विवरण पेश गरेको कागजात राम्रोसंग अध्ययन नगरेको आरोप छ ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *