इतिहासकै न्यून स्कोरमा समेटियो भारत,कुनैपनि खेलाडीले बनाएनन दोहोरो अंक

भारतले आफ्नो टेष्ट इतिहासकै न्यून स्कोरको रेकर्ड बनाएको छ ।

अष्ट्रेलियासँगको पहिलो टेष्टको दोस्रो पारीमा ३६ रन मात्रै बनाउन सकेपछि भारतको न्यून स्कोरको रेकर्ड बनेको हो । यसअघि सन् १९७४ मा भारतले इङ्ल्याण्डसँगको खेलमा ४२ रन मात्रै बनाएको थियो ।

भारतलाई इतिहासकै न्यून स्कोरमा समेट्न अस्ट्रेलियाका प्याट कमिन्सले ४ र जोस हजलउडले ५ विकेट लिए । आज ९ रनमा एक विकेट गुमाएको अवस्थाबाट खेल थालेको भारतले ९ विकेटको क्षतिमा ३६ रन मात्र बनायो । भारतका मोहम्मद शामी घाइते भएका कारण अष्ट्रेलियालाई ९० रनको चुनौती दिएको छ ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *