नेकपा दुवै अध्यक्षबीच खुमलटारामा वान टु वान भेटवार्ता

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)बीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री ओली पार्टी अध्यक्ष प्रचण्डलाई भेट्न उनको निजी निवास खुमलटार पुगेका हुन् ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले दुवै अध्यक्षबीच खुमलटारामा वान टु वान (एक्ला एक्लै) भेटवार्ता जारी रहेको बताएका छन् ।

यसअघि हिजो (शुक्रबार) ओली र प्रचण्डबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता भएको थियो ।

शुक्रबारको भेटवार्ताका क्रममा प्रचण्डले ‘म मात्रै तपाईंलाई भेट्न आइरहनु पर्छ । तपाईं पनि आउनु न कहिलेकाँहि मेरोमा,’ भने पनि प्रधानमन्त्री ओली शनिबार प्रचण्डको निजी निवास पुगेका हुन् ।

कोरोना भाइरसको महामारी शुरु भएदेखि प्रधानमन्त्री ओली सरकारी निवास बालुवाटारबाट बिरलै मात्र बाहिर निस्किएका छन् ।

पछिल्लो समय पार्टीको सचिवालय बैठक पार्टी मुख्यालय धुम्बाराहीमा राख्न खोज्दा ओलीले सुरक्षा चुनौती रहेको भन्दै त्यहाँ जान मानेका थिएनन् । धुम्बाराहीमै बसेको स्थायी कमिटी बैठकमा ओली सहभागी भएनन् ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *