विहे गरेको केही दिनमै कोरोनाले बेहुलाको मृत्यु ,बेहुलीसहित १२ जनामा कोरोना संक्रमणको पुष्टि

विवाहको सिजनमा कतिले ख्याल गरे होला कतिले ख्याल गर्न पक्कै सकेनन् । कोरोना महामारी अझै सकिएको छैन । अझै फैलिइरहेको छ । कोराना महामारीकै समयमा धुमधामले सैयौँ जन्तीहरुकामाझमा धेरै विवाह भए ।

जसका कारण संक्रमणको जोखिम बढीरहेको छ । यसैबिच विहे गरेको केही दिनमै कोरोना भाइरस (कोभिड–१९) को असरका कारण बेहुलाको मृत्यु भएको परिवारमा बेहुलीसहित १२ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । भारतको उत्तर प्रदेशको फिरोजाबादका बेहुलाको ४ डिसेम्बरमा कोरोना संक्रमणपछि उपचारका क्रममा मृत्यु भएको हो । यी दुईको १० दिन पहिले बिहे भएको समाचार एजेन्सी पीटीआइले जनाएको छ ।विबाहकै समयमा पनि बेहुलालाई ज्वरो र सास फेर्न समस्या भइरहेको थियो तर कोरोना परीक्षण नगराई जबरजस्ती परिवारले विबाह गराइदिएका कारण यस्तो समस्या निम्तिएको बताइएको छ ।

बेहुलाको मृत्यु भएपछि शंका लागेर पूरै परिवारको कोरोना परीक्षण गराउँदा संक्रमण धेरैमा देखिएको मुख्य चिकित्सा अधिकारी डा. नीता कुलश्रेष्ठले बताइन् । परिवारमा ठूलो संख्यामा संक्रमित भेटिएपछि गाउँलेहरुको परीक्षणको लागि शिविर नै खडा गरेर अहिले उपचार सुरु गरिएको छ । सबैले अझै ख्याल राखौँ । कोरोनाको महामारी सकिएको छैन ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *