शुक्रबार राति गुल्मीको रेसुङ्गा नगरपालिका १३ दुबिचौरमा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य ४ जना घाइते भएका छन् ।
गुल्मी दरवार गाउँपालिकाको गैँडाकोटबाट तम्घासतर्फ आउदै गरेको लु १ ह २७४३ नम्बरको अटो अनियन्त्रित भइ शुक्रबार राति दुर्घटनामा परेको हो ।
दुर्घटनामा अटोका चालक चालक रेसुंगा नगरपालिका १२ का बर्ष ३० का तेज बहादुर राना उपचारको क्रममा तम्घासमा मृत्यु भएको हो । दुर्घटनामा परेर रेसुंगा नगरपालिका १२ का बर्ष १७ का रमेश खत्री, रेसुंगा नगरपालिका २ बस्ने बर्ष १६ का रोशन परियार, सोहि स्थानका बर्ष १८ का सुरज बिक र बर्ष १७ का सुनिल बिक घाइते भएका छन् ।
घाइतेहरुको अहिले गुल्मी अस्पताल तम्घासमा उपचार भइरहेको छ । अटो सडकबाट अन्दाजी २ सय मिटर तल खसेको जनाइएको छ ।