सर्वोच्च अदालत बार एसोसिएसनको नयाँ कार्यसमितिका लागि आज चुनाव हुँदै

काठमाण्डाै – सर्वोच्च अदालत बार एसोसिएसनको नयाँ कार्यसमितिका लागि आज चुनाव हुँदैछ ।

अहिले बिहान ८ बजेदेखि २ बजेसम्म मतदानको समय तोकिएको छ । प्रगतिशील तथा समावेशी कानुन व्यवसायी समूहको नेतृत्व वरिष्ठ अविधक्ता रविनारायण खनाल र वृहत लोकतान्त्रिक समावेशी पेसागत कानुन व्यवसायी समूहको नेतृत्व वरिष्ठ अधिवक्ता पूर्णमान शाक्यले गर्नुभएको छ ।

सर्वोच्च बारमा ६ सय ५ जना कानुनी व्यवसायीले मतदान गर्ने सर्वोच्च बारका प्रमुख निर्वाचन अधिकृत राजु खड्काले बताए ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *