कोरोना प्रभावित देशको सूचीको दोस्रो स्थानमा रहेको भारतमा सङ्क्रमितको सङ्ख्या एक करोड नाघ्यो

/ छिमेकी मुलुक भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या एक करोड नाघेको छ । कोरोना प्रभावित देशको सूचीको दोस्रो स्थानमा रहेको भारतमा सङ्क्रमितको सङ्ख्या एक करोड नाघेको हो ।

वोल्डोमिटरको तथ्याङ्क अनुसार भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या एक करोड ४ हजार ८ सय २५ पुगेको छ । सङ्क्रमित मध्ये एक लाख ४५ हजारको मृत्यु भएको छ ।

भारतमा पछिल्लो २४ घण्टामा २६ हजार नयाँ सङ्क्रमित थपिएका छन् । सोही अवधीमा ३४२ जनाको मृत्यु भएको छ । भारतमा ९५ लाख ४९ हजार सङ्क्रमण मुक्त भएका छन् ।

वोल्डोमिटरको तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टमा विश्वमा सात लाख ६ हजार कोरोना सङ्क्रमित थपिएका छन् । सोही अवधीमा १२ हजार ७५६ जनाको मृत्यु भएको छ । अमेरेकामा मात्रै २ लाख ४८ हजार सङ्क्रमित थपिएका छन् । यो सँगै विश्वमा सङ्क्रमितको सङ्ख्या सात करोड ५९ लाख ८१ हजार पुगेको सङ्क्रमित मध्ये १६ लाख ८० हजारको मृत्यु भएको छ ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *