बोक्सी आरोपमा कुटपिट र यातना दिएको आरोपमा बागलुङमा ५ जना पक्राउ

बोक्सी आरोपमा कुटपिट र यातना दिएको आरोपमा यहाँका ५ जना पक्राउ परेका छन् ।

बडिगाड गाउँपालिका वडा नम्बर २ की ३६ वर्षकी एक महिलालाई यातना दिएको आरोपमा प्रहरीले उनीहरु शुक्रबार पक्राउ गरेकाे हाे ।

पक्राउ पर्नेमा वडा नम्बर २ का तेजबहादुर राना, बिजय राना, जुना र उमासहित  एक जना पक्राउ परेकाे प्रहरीले जनाएकाे छ ।

उनीहरुले पीडित महिलालाई मुखमा टेप टाँसेर निर्घात कुटपिट गरेको, मानसिक यातना दिएकोले पक्राउ गरिएको प्रहरी उपरिक्षक लोकेन्द्र श्रेष्ठले बताए ।

ती महिलाको ६ वर्षको छोरा र १३ महिनाकी छोरी छिन् । पीडितको धौलागिरी अस्पतालमा स्वास्थ्य परीक्षण र उपचारपछि घर पठाइएको छ ।

‘बोक्सीको आरोपमा यातना दिएकोले कसुर बढीनै देखिन्छ’ श्रेष्ठले भने, ‘उनीहरुलाई पुस ६ गते सम्म थुनामा राखेर अनुसन्धान गर्न आदेश पनि आइसकेको छ ।’

नियोजित रुपमा लामो समय देखि ती महिलालाई यातना दिएकोले थप अनुसन्धान भैरहेको उनले बताए । 

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *