• मेनु
  • प्रदेश शंस्करण
  • समाचार सार
  • समाचार सार
आज: २०८० जेष्ठ १७, बुधबार
ट्रेन्डीङ्ग
पक्राउ (38)मृत्यु (32)कोरोना (29)कोरोना भाइरस (23)नेकपा (18)संसद विघटन (17)निर्वाचन (15)विघटन (14)
  • चुच्चे नक्सा बनाएकै कारण केपी ओलीको सरकार ढालियो – कमल थापा

    ८ महिना अघि

    बैतडीमा पम्प खुलेको १३ वर्षपछि पेट्रोल बिक्री सुरु

    ८ महिना अघि

    हामी छिट्टै निर्वाचन पछि सिंहदरबारमा पुग्छौं’ भष्ट्र र जनताका लुटेराहरुलाइ एक एक कार्वाही गरिनेछ : रवि लामिछाने

    ८ महिना अघि

    निर्वाचन घोषणा भएपछि कर्मचारी सरुवा र नियुक्ति गर्नु गलत : अध्यक्ष ओली

    ८ महिना अघि

    कांग्रेसलाई एमालेको प्रस्ताव – सिंगल सिंगल भिडौं, गठबन्धन टुटे पनि माओवादी बोक्दैनौं

    ८ महिना अघि

    समानुपातिकमा २० लाख भोट ल्याउँछौंः नेपाल

    ८ महिना अघि

    बालेन जस्ता केहि यूवाहरु देशमा भए कुनै नेताको आवश्यक पर्दैन ; पुर्व राजा शाह (सहि / गलत )

    ८ महिना अघि

    अदालतले दिएन सन्दीप लामिछानेलाई पक्राउ गर्ने अनुमति

    ८ महिना अघि

    ओलीको प्रश्न : प्रचण्डको आदेशमा राष्ट्रपतिले राजीनामा दिनुपर्ने हो ?

    ८ महिना अघि

    औपचारिकतामै सीमित कांग्रेस अभियान

    ८ महिना अघि
  • समाचार सार
आज: २०८० जेष्ठ १७, बुधबार
in
FLASH NEWS
  • १७ हजार भन्दा बढीलाइ बचाउँने : निःस्वार्थ मानव सेवक, सच्चा नायक रविन्द्र !
  • २हास्य टेलिश्रृखंला ‘अति भो’ ले मनायो १०० भाग
  • ३मन्त्री भुसाल ले बताउनु भो :५ वर्षपछि वार्षिक ५० अर्बको बिजुली निर्यात गर्ने अवस्थामा पुग्छौं
  • ४न्यायालयको छवि उच्च राख्न कानुन व्यवसायी इमान्दार हुनुपर्छ : महान्यायाधिवक्ता खाती
  • ५क्रिकेट विश्वकप लिग-२ अन्तर्गत तयारीका लागि श्रीलंका जाने १६ सदस्यीय नेपाली टिम घोषणा
  • ६रुसको चेतावनी : तेस्रो विश्वयुद्धमा परमाणुअस्त्र प्रयोग हुने
  • ७जीटूजी व्यस्थामार्फत भारतबाट नेपाल रासायनिक मल आपूर्तिका लागि समझदारी पत्रमा हस्ताक्षर
  • ८चैत मसान्तभित्र मेलम्चीको पानी काठमाडौंबासीको घरघरमा

कोरोना भाइरसका कारण यो वर्ष छोटो विधिबाट विवाह महोत्सव सम्पन्न गरिने

होमपेज / समाज
  • २७४ पटक पढिएको


  • २०७७ पौष ४, शनिबार (२ साल अघि)
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • त्रेतायुगमा मार्गशीर्ष शुक्ल पञ्चमीका दिन भगवान् राम र सीताको विवाह भएको सम्झनामा शनिबार विवाह पञ्चमी मनाइँदै छ ।

    मिथिलाको प्राचीन राजधानी जनकपुरधाममा भगवान राम र सीताको विवाह महोत्सव गरिँदै छ । कोरोना भाइरसको महामारीका कारण यो वर्ष छोटो विधिबाट विवाह महोत्सव सम्पन्न गरिन लागिएको हो ।

    कोरोना भाइरसको महामारीका कारण यो वर्षको विवाह पञ्चमीका दिन जनकपुरधाममा विगतजस्तो उल्लास छैन ।

    गोस्वामी तुलसीदासले रामायणमा वर्णन गरेअनुसार जनकनन्दनी सीताको विवाह भएको दिनलाई सम्झेर मिथिलावासीले यस पर्वलाई विशेष महोत्सवका रूपमा मनाउने गरेका छन् ।

    त्रेतायुगमा मिथिलाका राजा जनकले आफ्नी छोरी सीताको स्वयंवरका लागि राखिएको शिवधनुषलाई अयोध्याका राजा दशरथका जेठा छोरा रामले तीन टुक्रा पारेको बताइन्छ । शिवधनुषलाई भाँचेपछि मार्गशीर्ष शुक्ल पञ्चमीका दिन राम र सीताको विवाह सम्पन्न भएको धार्मिक ग्रन्थहरूमा उल्लेख छ ।

    रामायणअनुसार जनकपुरधामको रङ्गभूमिमा आयोजना गरिएको स्वयंवरमा ५६ कोटी देवीदेवताको उपस्थिति रहेको विश्वास गरिन्छ ।

    सीतालाई छोरी–बहिनीका रूपमा मान्ने मिथिलावासी महोत्सवमा देवीदेवताको सहभागिता सशरीर नभए पनि अदृश्य रूपमा हुने विश्वासले हर्षोल्लासका साथ प्रतिछाया जन्तीको आगमनदेखि विहेसम्ममा सहभागी हुन्छन् ।

    महोत्सव मनाउने क्रममा मिथिलाको संस्कृतिअनुसार मटकोर, तिलकोत्सव, स्वयंवर र विवाह संस्कार सम्पन्न हुन्छ ।

    पौराणिक मान्यताअनुरूप राम मन्दिरबाट बाजागाजा, झाँकीसहित भगवान् रामको प्रतिमालाई विशेष रूपमा निर्मित डोला सिंहासनमा राखी रङ्गभूमिमा पुर्‍याइन्छ । त्यस्तै जानकी मन्दिरबाट सीतालाई विशेष सुसज्जित डोलामा राखी रङ्गभूमिमा लगिन्छ ।

    रङ्गभूमिमा स्वयंवर विधि, परीक्षणको वैवाहिक विधि सम्पन्न भएपछि सीता–रामलाई जानकी मन्दिरमा ल्याइन्छ । त्यसपछि मिथिला संस्कृतिअनुसार विवाह सम्पन्न हुन्छ ।

    यस अवसरमा निस्केको भगवान्‌को डोला शोभायात्रामा राज्यका विभिन्न स्थानलगायत सीमावर्ती भारतीय क्षेत्रका श्रद्धालु भक्तजनसमेत सहभागी हुने गर्छन् ।

    पहिले तिरहुतियागाछीमा मनाइने यो महोत्सव दुई दशकदेखि रङ्गभूमिमा विशेष कार्यक्रमसहित मनाउने गरिएको छ ।

    श्रद्धालु भक्तजन बिहान सबेरैदेखि पवित्र सरोवर र नदीमा स्नान गरी पूजाअर्चना गर्ने गर्छन् । यस अवसरमा भजनकीर्तन, रामलीला, झाँकी र प्रवचनको पनि आयोजना हुँदै आएको छ ।

    देवताको मानवीयकरणको भावनासँग सम्बद्ध विवाह महोत्सवमा सरिक भएपछि मनोवाञ्छित फल र मोक्ष प्राप्त हुने जनविश्वास छ ।

    उक्त महोत्सव पहिले एक महिनासम्म भव्यरूपमा मनाउने गरिएकामा हाल चार दिनमात्र मनाइन्छ । यसैगरी देशभरका राम सीता मन्दिरमा पनि विशेष पूजा आराधना र महोत्सव गरी विवाह पञ्चमी पर्व मनाइँदैछ ।

    यस वर्ष भने कोरोना महामारीका कारण जनकपुरधाममा गरिने विवाह महोत्सव कार्यक्रमसमेत संक्षिप्त विधिबाट भौतिक दूरी कायम गरी मनाइने जनाइएको छ ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    सम्बन्धि खबरहरु

    थुप्रियो चारैतिर फोहोर, कुरुप बन्दै काठमाडौं

    सप्तकोसीमा पानीको बहाव बढेपछि ३३ वटा ढोका खोलियो

    त्रिशूलीमाथि पप्पुको पुलः ८ वर्षमा ११ प्रतिशत काम

    मुग्लिनमा राति पनि सवारी साधन सञ्चालन गर्न पाइने

    काउलीमा खानै नहुने विषादी

    ल्यान्डफिल साइटको मिथेन ग्यास जुनसुकै बेला विस्फोट हुनसक्ने

    ताजा समाचार
    १.

    चुच्चे नक्सा बनाएकै कारण केपी ओलीको सरकार ढालियो – कमल थापा

    ८ महिना अघि
    २.

    बैतडीमा पम्प खुलेको १३ वर्षपछि पेट्रोल बिक्री सुरु

    ८ महिना अघि
    ३.

    हामी छिट्टै निर्वाचन पछि सिंहदरबारमा पुग्छौं’ भष्ट्र र जनताका लुटेराहरुलाइ एक एक कार्वाही गरिनेछ : रवि लामिछाने

    ८ महिना अघि
    ४.

    निर्वाचन घोषणा भएपछि कर्मचारी सरुवा र नियुक्ति गर्नु गलत : अध्यक्ष ओली

    ८ महिना अघि
    ५.

    कांग्रेसलाई एमालेको प्रस्ताव – सिंगल सिंगल भिडौं, गठबन्धन टुटे पनि माओवादी बोक्दैनौं

    ८ महिना अघि
    ६.

    समानुपातिकमा २० लाख भोट ल्याउँछौंः नेपाल

    ८ महिना अघि
    समाचार
    थप

    चुच्चे नक्सा बनाएकै कारण केपी ओलीको सरकार ढालियो – कमल थापा

    बैतडीमा पम्प खुलेको १३ वर्षपछि पेट्रोल बिक्री सुरु

    हामी छिट्टै निर्वाचन पछि सिंहदरबारमा पुग्छौं’ भष्ट्र र जनताका लुटेराहरुलाइ एक एक कार्वाही गरिनेछ : रवि लामिछाने

    निर्वाचन घोषणा भएपछि कर्मचारी सरुवा र नियुक्ति गर्नु गलत : अध्यक्ष ओली

    साँचो खबर
    थप

    डा. महाबिर पुन द्वारा गुरुकुल/भाष्कर स्कुलमा किताब बिमोचन

    एसईईको नतिजा पर्खेर बसेका विद्यार्थीलाई गुरुकुल विद्या सदन मा.वि नयाँबजार र भाष्कर मेमोरियलको इन्ट्रान्स बुस्टर

    Add Space

    पत्राचार ठेगाना

    साँचो खबर डट कम ( www.sachokhabar.com )
    कीर्तिपूर ,काठमाण्डौ
    अध्यक्ष : सरिता कोइराला 
    प्रबन्ध निर्देशक/प्रधान सम्पादकः  – खगराज लामिछाने
    +९७७ – ९८५११९४०४५ / ९८४९०९४०४५
    सूचना विभाग दर्ता नं. २४८९ / ०७७ – ७८
     

    Online Khabar News

    साईट नेभिगेशन

    • गृह पृष्ठ
    • हाम्रो बारेमा
    • बिज्ञापन

    पेजहरु

    • गृह पृष्ठ
    • हाम्रो बारेमा
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ साँचो खबर Online Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution