काठमाडौं । विवाह भएको दुई महिनापछि नै चर्चित गायिका नेहा कक्कर आमा बन्न लागेको खबर सार्वजनिक भएको छ । चर्चित गायन रियलिटी शो ‘इन्डियन आइडल’ की निर्यायक एवं पार्श्व गायिका नेहा आमा बन्न लागेको खबरले सबै चकित परेका छन् । गायक एवं नेहाका पति रोहन प्रीत सिंहले यो कुरा सामाजिक सञ्जालमार्फत घोषणा गरेका छन् ।

नेहाले एक फोटो साझा गरिन्, जसमा उनी रोहन र फन्टफुर्ट बेबी बम्पको देखिएकी छिन् । ‘ख्याल राख्ने गर्नु’ भन्दै नेहा र रोहनले एक तस्विर इन्टाग्राममा सेयर गरेका छन् । नेहाको फोटोमा टिप्पणी गर्दै रोहनले कक्कर गर्भवती भएको कुरा स्पष्ट पारेका छन् ।

उनले लेखेका छन्, ‘अब तिमीले धेरै हेरचाह गर्नु पर्छ ।’ त्यसैमा नेहाका भाइ टोनी कक्करले आफु मामा बन्न लागेको कुरा लेखेका छन् । उनले भनेका छन, ‘म मामा बन्नेछु ।’ रोहन र टोनी बाहेक, बलिउड उद्योगसँग सम्बन्धित धेरै अन्य कलाकारहरूले पनि नेहा कक्करको पोष्टमा टिप्पणी गर्दै बधाई दिएका छन् ।

उनीहरुको विवाह २४ अक्टूबरमा सम्पन्न भएको थियो । उनीहरु लामो समयदेखि एकसाथ बसिरहेका थिए । गर्भवती भएको थाहा पाएपछि उनीहरुले लकडाउनकै बीचमा विवाह गरेको भारतिय कला क्षेत्रमा अनुमान गरिएको छ । किनकी दुई महिनामा नै पेट नै बाहिर देखिनेगरी बच्चा पेटमा बढिसकेको हुन्न । यसैले अलिक अघिदेखि कै गर्भवती हुनसक्ने अनुमान छ ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *