• मेनु
  • प्रदेश शंस्करण
  • Home
  • Privacy Policy
  • Term & Conditions
  • प्रितीबाट युनिकोड कन्भर्टर
  • बिज्ञापन
  • मिति कन्भर्टर
  • सम्पर्क
  • हाम्रो टिम
  • हाम्रो बारेमा
  • समाचार
  • अन्तरवार्ता
  • खेलकुद
  • सम्पादकीय खबर
  • सुचना प्रविधि
  • बिचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ खबर
  • समाज
  • धर्म संस्कृति
  • स्थानीय
  • जीवनशैली
  • हाम्रो बारेमा
  • बिज्ञापन
आज: २०७९ माघ १८, बुधबार
ट्रेन्डीङ्ग
पक्राउ (38)मृत्यु (32)कोरोना (31)कोरोना भाइरस (23)नेकपा (18)संसद विघटन (17)निर्वाचन (15)विघटन (14)
  • किन ओली निवास धाइरहन्छन् प्रधानमन्त्री प्रचण्ड ?

    २ हफ्ता अघि

    भागबन्डा नमिल्दा कर्णालीको मन्त्रिपरिषद् विस्तारमा अन्योल

    २ हफ्ता अघि

    नागढुङ्गा–नौबिसे सुरुङमार्गसहित दर्जनौँ सडकको काम रोकियो, प्रहरी परिचालन गर्दा पनि व्यवसायीले बालुवा बेच्न मानेनन्

    २ हफ्ता अघि

    पोखरा विमान दुर्घटनाः आज शव काठमाडौँ पठाइँदै

    २ हफ्ता अघि

    हेर्नुहोस् माघ ३ गते मंगलबारको राशिफल

    २ हफ्ता अघि

    आज मन्त्रिपरिषद विस्तार, कुन पार्टीलाई कुन मन्त्रालय?

    २ हफ्ता अघि

    यती एयर दुर्घटना : पोखरा अन्तर्राष्ट्रिय विमानस्थलप्रति आशंका उब्जिने खतरा

    २ हफ्ता अघि

    २३ जनाको शव पोखरामै आफन्तलाई बुझाउन सुरु, ४६ जनाको शव काठमाण्डाै पठाइने

    २ हफ्ता अघि

    कक्षा १ मा प्रवेश परीक्षा लिन नपाइने

    २ हफ्ता अघि

    राप्रपाले पायो तीन मन्त्रालय, उपप्रधान तथा उर्जामन्त्री लिङ्देन

    २ हफ्ता अघि

Nepal Press - आम निर्वाचन २०७९

No Description

  • समाचार
  • स्थानीय
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर पश्चिम
  • अन्तरवार्ता
  • अर्थ खबर
    • अटो
    • कृषि तथा पशुपालन
    • बजार
    • बैंक
    • रोजगारी
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अपराध
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • साँचो टि.भी.
    • धर्म संस्कृति
    • एन.आर.एन.
    • समाज
    • युवाका कुरा
    • देश/परदेश
    • मिति कन्भर्टर
आज: २०७९ माघ १८, बुधबार
in
FLASH NEWS
  • १७ हजार भन्दा बढीलाइ बचाउँने : निःस्वार्थ मानव सेवक, सच्चा नायक रविन्द्र !
  • २हास्य टेलिश्रृखंला ‘अति भो’ ले मनायो १०० भाग
  • ३मन्त्री भुसाल ले बताउनु भो :५ वर्षपछि वार्षिक ५० अर्बको बिजुली निर्यात गर्ने अवस्थामा पुग्छौं
  • ४न्यायालयको छवि उच्च राख्न कानुन व्यवसायी इमान्दार हुनुपर्छ : महान्यायाधिवक्ता खाती
  • ५क्रिकेट विश्वकप लिग-२ अन्तर्गत तयारीका लागि श्रीलंका जाने १६ सदस्यीय नेपाली टिम घोषणा
  • ६रुसको चेतावनी : तेस्रो विश्वयुद्धमा परमाणुअस्त्र प्रयोग हुने
  • ७जीटूजी व्यस्थामार्फत भारतबाट नेपाल रासायनिक मल आपूर्तिका लागि समझदारी पत्रमा हस्ताक्षर
  • ८चैत मसान्तभित्र मेलम्चीको पानी काठमाडौंबासीको घरघरमा

गालीहरुको केन्द्रमा महिला नै हुन्छन्। आखिर किन?

होमपेज / बिचार
  • १०३२ पटक पढिएको


  • २०७७ पौष ३, शुक्रबार (२ साल अघि)
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • जब कुनै बहस झगडमा परिवर्तन हुन लाग्छ, त्यहाँ गालीको पोर्रा छुट्छ। यो बहस र झगडा दुई पुरुषबीच भए पनि गोली भने महिला अधारित हुन्छ। कुल मिलाएर गालीहरुको केन्द्रमा महिला नै हुन्छन्।

    यस्ता गालीहरुलाई मानिसहरुको शब्दकोषबाट हटाउने उद्देश्यले दुई युवतिहरुले ‘द गाली प्रोजेक्ट’ शुरु गरे। जसले गालीहरुको अन्य विकल्प दिन सकियोस।
    यो प्रोजेक्टसँग सम्बन्धिच मुम्बईकी नेहा ठाकुर भन्छिन्, ‘हामीले हेरिरहेका छौं, ओभर द टप –ओटीटी) प्लेटफर्म वा अनलाईनमा जो सीरीज आइरहेका छन्, त्यसमा धेरैभन्दा धेरै भाषा नराम्रो हुँदै गइरहेको छ। जब हामी युवा वा मानिसहरुमा गालीको प्रयोगबारे प्रतिक्रिया माग्थ्यौं, उनीहरु भन्थे, यसमा आपत्ति के छ ? इट्स फर फन।’

    नेहाका अनुसार ‘आजकलको माहोलमा रिस उठ्नु र गाली गर्नुको कारण कैयौं छन्। जस्तै सरकारसँगी असन्तुष्टि, आउँदा जाँदा समस्या, जागिर, रिलेशनसिप। मानिसहरुमा तनाव यति बढेको छ कि गालीहरु मुखबाट निस्कनु स्वभाविक जस्तै लाग्छ। त्यसैले गाली प्रोजेक्ट ल्याउनुको उद्देश्य के भने, गालीमा थोरै परिवर्तन होस। त्यसमा जागरुकता ल्याउनु पनि उद्देश्य हो। दुई पुरुषबीचको लडाईँमा पनि महिलामाथि गाली, जातिगत भेदभाव वा समुदाय विशेषमा दिइने गालीको सट्टा यस्तो गालीको प्रयोग गर्नुहोस्, जसले गाली खानेलाई पनि दुःख नलागोस र तपाईँको रिस पनि मरोस। हाम्रो प्रयास गालीहरुको एक कोष बनाउनु हो। जसमा महिला विरोधी गाली नहुन्, जातीय वा समुदायमा भेदभावपूर्ण नहोस र अपमान वा सानो देखाउने नहोस्।’

    यो प्रोजेक्टबारे थप जानकारी दिँदै कम्युनिकेशन कन्सल्टेन्ट तमन्ना मिश्रा भन्छिन्, ‘हामी मानिसहरुलाई गाली गर्नबाट रोक्न खोजिरहेका छैनौं। हामी उनीहरुलाई यस्ता शब्दको विकल्प दिइरहेका छौं, जसमा तपाईँ आफ्नो कुरा पनि भन्नु हुन्छ र रमाइलो पनि हुन्छ।’

    उनी अगाडि थप्छिन्, ‘यो प्रोजेक्ट शुरु गर्नका लागि हामीले एक गूगल फर्म बनायौं र आफ्ना साथी, नातेदार र अन्य मानिसहरुलाई यो फर्ममा आफूलाई मन परेको गाली तर महिला, जातीय वा समूदायलाई टार्गेट नभएको गाली लेख्न भन्यौं। हामीले करिब ८ सय शब्द पायौं जसमा ४० प्रतिशत शब्द यस्ता थिए जसले कुनै न कुनै रुपमा लैगिंग र जातीय अवस्था देखाउँथे। तर यी मध्ये ५०० शब्द यस्ता थिए जसलाई हामी क्लीन भन्न सकिन्थ्यो।’

    यो सूचीमा जम्मा भएका शब्दहरुको अर्थ बुझ्न र जान्नका लागि नेहा र तमन्नाले पहिला ती राज्यमा रहेका आफ्ना साथीहरुसँग कुरा गरे। शब्दहरुको जाँच, परीक्षण र अर्थ बुझेपछि उनीहरुले ती शब्दलाई सामाजिक सञ्जालमा पोस्ट गर्न शुरु गरे। उनीहरुका अनुसार धेरैको प्रतिक्रिया राम्रो थियो। तर, केहीले भने यस्ता क्लीन गाली गरेर गाली गरेको फिल नभएको बताएका थिए।

    तमन्ना मिश्राले भनिन्, ‘हामी सामाजिक सञ्जालहरुमा यस्ता शब्दका मेमे बनाएर पोस्ट गर्छौ। हामी गालीको शब्द परिवर्तन गरेर मानिसहरुको सोँच परिवर्तन गर्न चाहन्छौं। तर यो प्रक्रिया सुस्त हुनेछ। तर हामीलाई के थाहा छ भने हरेक पटक बलबाट परिवर्तन आउँछ भन्ने हुँदैन। केही परिवर्तन रमाइलोसँग पनि ल्याउन सकिन्छ। यो हाम्रो प्रयास हो। जस्तै केही शब्द हामीलाई फन्नी लागे भने सामाजिक सञ्जालमा पोस्ट गरिदिन्छौं। जसबाट मानिसहरु विस्तारै बानी पर्दै जान्छन्।’

    तमन्ना र नेहाले आफ्नै तरिकाबाट मानिसहरुमा गाली दिने मानसिकतामा परिवर्तन ल्याउन चाहन्छन्। तर, हाल उनीहरु शुरुआती चरणमा छन्। उनीहरुले भविष्यमा गालीहरुको संगालो पुस्तक पनि प्रकाशित गर्ने तयारी गरेका छन्। तर गाली गर्ने अपसंस्कृति र त्यसमा महिलाहरुलाई तल्लोस्तरमा देखाउने प्रवृति र परम्परा कहाँबाट शुरु भयो होला भन्ने प्रश्न उठ्छ।

    जानकारहरु गाली गर्ने चलन भाषा बनेपछि शुरु भएको हुन सक्ने मान्छन्। हिन्दी र मैथेली साहित्यकी लेख कउषा किरन खान भन्छिन्, ‘यो भन्न कठिन छ गाली कहिले शुरु भयो तर, समाज विकासक्रममा राम्रो र नराम्रोबारे बुझेपछि गालीहरुको शुरुआत भयो होला। किनकी गाली फरक तरिकाले रिस व्यक्त गर्ने तरिका हो।’

    लोक गीतमा गाली

    तरपनि लोक गीतमा गालीहरुको प्रयोग हुन्छ। त्यहाँ सम्धी, बेहुलाकी फुपुलाई गाली हाँसी मजाकका लागि दिइन्छ। त्यहाँ कसैलाई तल्लो स्तरको देखाउन गाली दिँदैन, बरु आपसी सामाजिक सौहार्द बढाउनका लागि गाली दिइन्छ।

    पद्मश्री डा. शान्ति जैन संस्कृतकी प्रोफेसर भइसेकी हुन्। डा. जैन लेख कउषा किरनको कुरालाई अगाडि बढाउँदै भन्छिन्, ‘बिहेपछि जेभार गाउने चलन छ, जसमा गाली गर्ने परम्परा छ।’

    उनी भन्छिन्, ‘तुलसी रामायणमा पनि यस्तो छ। जब राको बिहे हुन्छ, सीताकी भाउजु निकै प्रेमपूर्ण ढंगबाट उनीसँग मजाक गर्छिन् र गाली दिन्छिन्। लोकसाहित्यमा पनि गालीको प्रयोग भएको पाइन्छ। मानिसरु जब झगडा गर्थे उनीहरु गाली दिन्थे। तर क्रोधमा दिइने गालीको फरक प्रभाव छ।’

    गालीहरुको उपयोगबारे लेखक उषा किरन भन्छिन्, ‘साहित्यमा पनि गालीहरु हुँदैनथ्यो। निकै परिष्कृत हुन्थ्यो। जस्तै संस्कृत, पाली, प्राकृत र दक्षिणको भाषाहरु जो संस्कृतबाटै विकसित भएका हुन्। ती लोकजीवनका भाषा थिए। त्यसमा लिखित गालीहरु देखिँदैनन्। संस्कृतमा गाली छैनन्। बस दुष्ट र कृपण जस्ता शब्द देखिन्छन्। तर १००० वर्षदेखि जब मानिसहरु बाहिरबाट आउन थाले त्यो बेलादेखि गालीहरु विकसित भए होलान्।’

    तर गालीहरुको यो अपसंस्कृतिमा महिलाहरुको नाम किन जोडिन थाल्यो ? यसको जवाफमा उनी भन्छिन्, ‘वैदिक कालमा महिला र पुरुष बराबर थिए। तर पछि स्त्रीहरुको महत्व घट्न थाल्यो र पुरुषहरुको वर्चस्व बढ्न लाग्यो। र महिलाको सुरक्षाको दायित्व पुरुषमाथि पर्न थाल्यो। विस्तारै विस्तै स्त्रीहरु पुरुषको प्रतिष्ठाको विषय बन्न थाले। र युद्धमा कोही हार्यो भने उसले आफ्नी छोरी दिन थाले। यस्तै समयमा गालीको विकास भयो।

    उनका अनुसार स्त्री सुरक्षा ठूलो विषय बन्यो र स्त्री पुरुषको सम्पत्ति बन्न थाले र त्यो सम्पत्तिलाई गाली दिन थालियो। यी गाली दिएर पुरुषले आफ्नो अहंकारको तुष्टि गर्न थाले। यसैप्रकारले यो चलन आधुनिक कालसम्म आइपुग्यो।

    समाजशास्त्री तथा प्रोफेसर बदरी नारायाण् पनि मान्छन्, पहिलाको समाज वा आदिवासी समाजमा महिलाहरु प्रतिष्ठित मानिन्थे। तर पछि महिलाहरु इज्जतको प्रतिकका रुपमा मानिन थाले। इज्जत बचाउने हो भने त्यसलाई लुकानु पर्यो। महिलाहरु समाजमा कमजोर मानिन थाले। तपाईँ कसैलाई कमजोर वा तल्लो स्तरको देखाउँन चाहनु हुन्छ भने उसको घरकी आमा, छोरीलाई गाली गर्नुहोस। यही सोचाईँले महिलाहरु गालीको टार्गेट बन्न थाले।

    डा. शान्ति जैन नारी शक्तिको कुरा भए पनि अझै पनि महिला दोयम दर्जामै रहेको बताउँछिन्। उनले पढेलेखेका महिलाहरु पनि प्रताडित भइरहेको बताइन्। उनी भन्छिन्, ‘तपाई कसैलाई अपमानित गर्न चाहनुहुन्छ भने, तपाईँ उसकी घरकी महिलालाई गाली गर्नु हुन्छ। यसो गरेपछि उसको चरम अपमान हुन्छ। र यसैले पुरुषको अहंकारलाई सन्तुष्ट गर्छ। कुनै परुषसँग बदला दिलु छ भने उसकी घरकी महिलालाई अपहरण गरिन्छ। महिला अपमान गर्ने माध्यम बने।’ (बीबीसीबाट अनुवाद)

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    सम्बन्धि खबरहरु

    नेकपा एमाले विदेशीको दलालीमा लाग्यो , त्यसैले पुरानो घर त्यानुपरेको हो : अध्यक्ष नेपाल

    शान्ति सम्झौता भएको १५ वर्ष ,येस्तो भन्छन युद्धमा अपाङ्ग भएका किशोर शाही

    केपी ओली विश्वकै उत्कृष्ट नेता : प्रभु साह

    देउवा खराब थिए, खराबै रहने भए:संविधानविद् डा.भीमार्जुन आचार्य

    नकारात्मक चिन्तन र हाम्रो गन्तव्य

    कागजमा बलियो टोली देखिँदैमा च्याम्पियन्स लिग जितिदैँन : रोनाल्डो

    ताजा समाचार
    १.

    किन ओली निवास धाइरहन्छन् प्रधानमन्त्री प्रचण्ड ?

    २ हफ्ता अघि
    २.

    भागबन्डा नमिल्दा कर्णालीको मन्त्रिपरिषद् विस्तारमा अन्योल

    २ हफ्ता अघि
    ३.

    नागढुङ्गा–नौबिसे सुरुङमार्गसहित दर्जनौँ सडकको काम रोकियो, प्रहरी परिचालन गर्दा पनि व्यवसायीले बालुवा बेच्न मानेनन्

    २ हफ्ता अघि
    ४.

    पोखरा विमान दुर्घटनाः आज शव काठमाडौँ पठाइँदै

    २ हफ्ता अघि
    ५.

    हेर्नुहोस् माघ ३ गते मंगलबारको राशिफल

    २ हफ्ता अघि
    ६.

    आज मन्त्रिपरिषद विस्तार, कुन पार्टीलाई कुन मन्त्रालय?

    २ हफ्ता अघि
    समाचार
    थप

    किन ओली निवास धाइरहन्छन् प्रधानमन्त्री प्रचण्ड ?

    भागबन्डा नमिल्दा कर्णालीको मन्त्रिपरिषद् विस्तारमा अन्योल

    नागढुङ्गा–नौबिसे सुरुङमार्गसहित दर्जनौँ सडकको काम रोकियो, प्रहरी परिचालन गर्दा पनि व्यवसायीले बालुवा बेच्न मानेनन्

    पोखरा विमान दुर्घटनाः आज शव काठमाडौँ पठाइँदै

    साँचो खबर
    थप

    डा. महाबिर पुन द्वारा गुरुकुल/भाष्कर स्कुलमा किताब बिमोचन

    एसईईको नतिजा पर्खेर बसेका विद्यार्थीलाई गुरुकुल विद्या सदन मा.वि नयाँबजार र भाष्कर मेमोरियलको इन्ट्रान्स बुस्टर

    Add Space

    पत्राचार ठेगाना

    साँचो खबर डट कम ( www.sachokhabar.com )
    कीर्तिपूर ,काठमाण्डौ

    अध्यक्ष : सरिता कोइराला 
    प्रबन्ध निर्देशक/प्रधान सम्पादकः  – खगराज लामिछाने

    +९७७ – ९८५११९४०४५ / ९८४९०९४०४५

    सूचना विभाग दर्ता नं. २४८९ / ०७७ – ७८

    MORE TEAM DETAIL

    Well Come to our face book page


    Click Here  

    साईट नेभिगेशन

    • गृह पृष्ठ
    • हाम्रो बारेमा
    • मिति कन्भर्टर
    • बिज्ञापन

    पेजहरु

    • गृह पृष्ठ
    • हाम्रो बारेमा
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ साँचो खबर Online Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution