प्रचण्ड र बरिष्ठ नेता माधव नेपाल पक्षको भेलामा वामदेव गौतम अनुपस्थित

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले शुक्रबार पेरिसडाँडामा आयोजित पार्टी अध्यक्ष प्रचण्ड र बरिष्ठ नेता माधव नेपाल पक्षको भेलामा सहभागीता भएनन । पार्टीमा एक पछि अर्को विवाद सृजना हुँदै छ । भेलामा ओलीलाई अध्यादेश फिर्ता लिन दवाब बढाउने निर्णय भएकाे थियाे ।

प्रचण्ड-नेपाल भेलामा गौतम नजानुले प्रधानमन्त्री समेत रहनु भएका अर्का अध्यक्ष केपी शर्मा ओली पक्षलाई केही राहत भएको अनुमान भने गर्न सकिन्छ ।

बिगतका समयमा प्रचण्ड र नेपाललाई साथ दिँदै आएका गौतमले शुक्रबार आफू कुनै पक्षको भेलामा उपस्थित नहुने प्रतिकृया दिए । अहिले कुनै भेला गर्ने समय नभएर सबै समस्या बैठकबाट हल गर्नु पर्ने बताउनु भएको उहाँको सचिवालयले जनाएको छ ।

यद्यपि उहाँले नेकपा सचिवालयको ओली इतरको ५ सदस्यको बैठकमा भने जाने बताउनु भएको उपाध्याक्ष गौतमका प्रेस संयोजक प्रेस संयोजक विश्वमणी सुवेदीले बताए ।

उनको भनाइ उदृत गर्दै संयोजक सुवेदीले फेसबुकमा अहिले भेला गर्ने बेला नभएकाले बैठकबाट सबै समस्याको हल खोज्नुपर्ने भनेका छन् ।

प्रधानमन्त्री ओलीले संवैधानिक परिषद सम्बन्धी ल्याउनु भएको अध्यादेश फिर्ता लिन समहती शीर्ष तहमै भएपनि फिर्ता गर्न आलटाल गरेपछि शुक्रबार प्रचण्ड नेपाल पक्षले पेरिसडाँडामा भेला गरेका थिए । भेलामा ओलीलाई अध्यादेश फिर्ता लिन दवाब बढाउने निर्णय भएको थियो ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *