सलमान खान कहिले विहे गर्छन ?सलमानको विवाहसम्बन्धी यस्तो खुलासा

बलिउड सुपरस्टार सलमान खानको विवाह विश्वभर चर्चाको विषय बन्ने गरेको छ । उनको पछाडि सधैं एउटा प्रश्न आउँने गर्दछ । त्यो हो ‘सलमान खान कहिले विहे गर्छन ?’ यो लामो समयदेखि चर्चाको रुपमा रहँदै आएको छ । सलमान खानका प्रशंसकहरू अझै पनि त्यो प्रश्नको उत्तरको लागि पर्खिरहेका छन् ।

सलमान खानको नाम धेरै अभिनेत्रीसँग नजोडिएको पनि होईन तर यो कुरा विवाहसम्म पुग्न सकेको छैन । तर १९९९ मा, एक समय थियो जब सलमान खान विवाहको लागि तयार भइसकेका थिए । यो मात्र होईन, विवाह कार्डहरू पनि छापिएको थियो । सलमानको विवाहसम्बन्धी यो खुलासा उनका साथी र बलिउड प्रख्यात निर्माता साजिद नाडियाडवालाले गरेका हुन् ।

कपिल शर्माको शोमा साजिद नाडियाडवालाले यो कुरा ‘हाउसफुल–४’ को प्रमोशनका लागि आइपुगेको बेला जानकारी गराएका थिए । अक्षय कुमार पनि यस समयमा उनीसँगै थिए । साजिद नाडियाडवालाले यस समयमा भनेका थिए, ‘सलमान खानले अचानक १९९९ मा मलाई उसको बिहे गर्ने कुरा भन्यो ।

उसको केटी थियो तर मैले खोज्नु पर्ने थियो । विवाहको निर्णय भयो, कार्डहरू पनि छापिए । करीव २५ जना मानिस विवाहमा आउन लागेका थिए । तर ६ दिन अघि सलमानले भने म विवाहको मूडमा छैन र मैले मेरो सोच बदलेको छु । यस पछि, सलमान मेरो विवाहमा, आएर मण्डप पछाडि कार खडा छ भन्यो ।’

साजिद नाडियाडवालाको कुरा सुनेर कपिल शर्मा कार्यक्रममा उपस्थित सबैले ठूलो स्वरले हाँस्न थाले । आजका दिनमा बलिउडमा धेरै कलाकारले विहे गर्दै गर्दा सलमानको त्यो भिडियो आज पनि भाइरल भइरहेको छ ।

सलमान खानको कामको बारेमा कुरा गर्दा उनले आफ्नो आगामी फिल्म ‘अन्तिम’ को शूटिङ्ग शुरू गरिसकेका छन । महेश माञ्जरेकरले यस फिल्मलाई निर्देशन गर्न लागेका छन् । यस फिल्ममा आयुष शर्मा ग्याङ्गस्टरको भूमिकामा देखा पर्नेछन् ।

सलमान खान प्रहरीको भूमिकामा देखा पर्ने भएका छन् । सलमान खान आजका दिन बिग बोस–१४ को होस्टिङ्गमा पनि देखा पर्ने भएका छन् । सलमान खानको आगामी फिल्महरूको बारेमा कुरा गर्दा उनी चाँडै नै ‘राधेस् योर मोस्ट वान्टेड भाई’ फिल्ममा देखा पर्न लागेका छन् ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *