मकवानपुरको बकैया गाउँपालिकामा सडेगलेको अवस्थामा भेटिएको शव पहिचान खुलेको छ ।
काठमाडौंको चन्द्रागिरी नगरपालिका वडा नं. ४ थानकोट बस्ने अन्दाजी ३०–३२ बर्षिय विकास थिङ लामाको शव रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरिक्षक इन्द्र बहादुर रानाले जानकारी दिए ।
प्रवक्ता रानाको अनुसार लामा कामको शिलशिलमा मकवानपुरको बकैया गाउँपालिका आएको थिए । उनी श्री बाल मनोरम आधारभुत विद्याल निर्माण कार्यररत रहेको प्रवक्ता रानाले बताए ।
गत मंसिर २४ गते देखि सम्पर्कबिहिन भएका लामाको बकैया गाउँपालिका वडा नं. ८ को कालेश्वर सामुदायिक वन भित्र सडेको अवस्थामा शव फेला परेको थियो ।
शव देखेपछि प्रहरीलाई स्थानीयले जानकारी गराएका थिए । लामाको भिरबाट लडेर मृत्यु भएको हुन सक्ने प्रवक्ता रानाले बताए । लामा बिहेमा जान्छु भनेर हिडेको बुझिएको छ ।
शव हेटौंडा अस्पतालको शव गृहमा परिक्षणको लागि राखिएको छ । मृतको परिवारसँग सम्पर्क गर्ने काम भइरहेको र घटनाको थप अनुसन्धान भइरहेको प्रवक्ता रानाले बताए ।