पिएम कप छनौट, सुनसरीले उदयपुरलाई २१७ रनले हरायो

काठमाडौं । प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताका अन्तर्गत प्रदेश स्तरीय छनौट खेलमा सुनसरीले विशाल जित दर्ता गरेको छ । झापाको सुरुङामा भएको खेलमा सुनसरीले उदयपुरलाई २१७ रनले पराजित गरेको हो । टस जितेर पहिले ब्याटिङ गरेको सुनसरीले निर्धारित ४२ ओभरको खेलमा १० विकेट गुमाउदै २५४ रन बनायो । टोलीका लागि बिकेश बन्जाराले ७३ बलमा ३६ रन तथा सरोज कटुवालले ३२ बलमा २८ रन बनाए । त्यस्तै भुपाल लईटेलले २६ रन बनाउदा सरोज बस्नेतले २४ रन बनाए । बलिङ तर्फ उदयपुरका आकाश सेवाले ४ तथा दिपक जोशीले २ विकेट लिदा तेज आचार्य र प्रवास सुवेदीले १–१ विकेट लिए ।

दुई सय ५५ रन लक्ष्य लिएर मैदान आएको उदयपुरका लागि प्रभात राईले १२ रन बनाउनु बाहेक अन्य खेलाडीहरुले दोहरो अंक छुन सकेनन । बलिङमा सुनसरीका विकल्प आचार्यले कसिलो बलिङ गर्दे ५ विकेट लिदा उदयपुर १४ ओभरमा ३७ रनमै समेटियो । विकल्पले ५ विकेट लिने क्रममा ३ ओभरमा मात्र १० रन खर्चे । सुनसरीका अन्य खेलाडीहरुमा जोसफ खडकाले ३ तथा सोनु मण्डलले एक विकेट लिए

त्यस्तै महिला तर्फको छनौट खेलमा झापाले मोरङलाई ९७ रनले पराजित गरेको छ । आजको खेलमा पहिले ब्याटिङ गरेको झापाले निर्धारित २० ओभरको खेलमा ७ विकेट गुमाउदै १४३ रन बनायो । झापाका लागि रोमा थापाले २७ बलमा ३ चौंकाको मद्दतले २६ रन तथा अप्सरी बेगमले २५ बलमा ४ चौंकाको मद्दतले २६ रन बनाईन । कप्तान रुबिना क्षेत्रीले चार चौकाको मद्दतले १९ बलमा २३ रन प्रहार गरिन । बलिङमा मोरङका लागि टिका साह र राधिका कुमालले समान २–२ विकेट लिईन । एक सय ४४ रनको लक्ष्य पछ्याएको मोरङले निर्धारित २० ओभरको खेलमा १५ ओभर ५ बल खेल्दै सबै विकेट गुमाएर ४६ रन मात्र बनायो । शनीवारको खेलमा मोरङले ईलामको समाना गर्नेछ ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *