पहिलो टेस्टको दोस्रो दिनमा भारत बलियो स्थितिमा

भारत र अष्ट्रेलिया बिच एडिलेडमा चलिरहेको पहिलो टेस्टको दोस्रो दिनमा भारत बलियो स्थितिमा पुगेको छ । अष्ट्रेलियाले आफ्नो पहिलो इनिङ्गसमा ७९ रनमा ५ विकेट गुमाएको छ ।

टस जितेर पहिले ब्याटिङ्ग गरेको भारतले आफ्नो पहिलो इनिङ्गसमा ९३.४ ओभर खेल्दैँ २४४ रन बनाएर अलआउट भएको थियो । भारतका लागि ब्याटिङ्गा कप्तान विराट कोहलीले सर्वाधिक ७४ रन बनाएको थिए भने अष्ट्रेलियाका लागि बलिङ्गमा मिचल स्टार्कले सर्वाधिक ४ विकेट लिएका थिए ।

भारत अलआउट भएपछि ब्याटिङ्ग गर्न आएको अष्ट्रेलियाले आफ्नो ५ विकेट ७९ रनमा गुमाएको छ । अष्ट्रेलियाका दुवै ओपनर म्याथ्यु वेड र जेइ वन्र्स ८/८ रनमा आउट भएका छन भने स्टिवन स्मीथ १, ट्राभर हेड ७ र क्यामर ग्रीन ११ रन बनाएर आउट भएका छन ।

भारतका लागि बलिङ्गमा रविचन्द्र अश्विनले ३ र जसप्रित बुमराहले २ विकेट हात पारेका छन ।

अहिले अष्ट्रेलियाका लागि मार्नस लबुशेन ४२ रनमा ब्याटिङ्ग गरिरहेका छन भने कप्तान टिम पेन ४ रनमा ब्याटिङ्ग गरिरहेका छन ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *