राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीको जोडी कायम रहेसम्‍म संविधान र लोकतन्त्रको शीरमाथि तरबार झुण्डिरहने : डा. बाबुराम भट्टराई

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीमाथि टिप्पणी गरेका छन् । भट्टराईले भण्डारी र ओलीलाई महाअभियोग र अविश्‍वास प्रस्तावबाट हटाउनुपर्ने टिप्पणी गरेका हुन् ।

भट्टराईले राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीको जोडी कायम रहेसम्‍म संविधान र लोकतन्त्रको शीरमाथि तरबार झुण्डिरहने बताएका छन् । संविधानले व्यवस्था गरेको महाअभियोग र अविश्‍वास प्रस्तावबाट नहटाए इतिहासले क्षमा नगर्ने उल्‍लेख गरेका छन् ।

‘वर्तमान राष्ट्रपति र प्रमको जोडी कायम रहेसम्म संविधान र लोकतन्त्रको शीरमाथि तरबार झुण्डिरहने कटुसत्य अहिलेसम्मका घटनाक्रमले पुष्टी गरिसके’भट्टराईले ट्‍वीट गरेका छन् ‘अब पनि त्यस्तो अनिष्ट रोक्न संविधानले व्यवस्था गरेको महाभियोग,अविश्‍वासलगायतका हतियार प्रयोग गर्न खुट्टा कपाउनेलाई इतिहासले क्षमा गर्नेछैन है !’ओलीको चाहनाअनुसार मन्त्रिपरिषद्‍ले सिफारिस गरेको अध्यादेश राष्ट्रपति भण्डारीले क्षणभरमै जारी गर्दै आइरहेकी छन् । भट्टराईको उक्त टिप्पणी त्यहीँमाथि केन्द्रित छ । पछिल्‍लो समय संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ को (पहिलो संशोधन) अध्यादेश २०७७ जारी भएपछि सत्तारुढ नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल-माधव नेपाल समूहको विरोधपछि ओलीले फिर्ता लिने सहमति गरेका छन् ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *