नेपालमा थप सात सय ८२ जनालाई कोरोना भाइरसको सङ्क्रमण, १६ जना सङ्क्रमितको मृत्यु

गएको २४ घण्टामा नेपालमा थप सात सय ८२ जनालाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल सङ्क्रमितको सङ्ख्या दुई लाख ५२ हजार चार सय ७४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस्तै, पछिल्लो २४ घण्टामा एक हजार २९ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । योसँगै सङ्क्रमणपछि निको हुनेको सङ्ख्या दुई लाख ४१ हजार तीन सय ९२ पुगेको छ ।

नेपालमा शुक्रबारसम्म सक्रिय सङ्क्रमितको सङ्ख्या नौ हजार तीन सय १७ रहेको छ । अब नेपालमा चार सय २७ जना क्वरेण्टीनमा रहेका छन् ।

यस्तै, गएको २४ घण्टामा १६ जना कोरोना सङ्क्रमितको ज्यान गएको छ । योसँगै कोरोना भाइरसको सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या १७ सय ६५ पुगेको छ ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *