• मेनु
  • प्रदेश शंस्करण
  • Home
  • Privacy Policy
  • Term & Conditions
  • प्रितीबाट युनिकोड कन्भर्टर
  • बिज्ञापन
  • मिति कन्भर्टर
  • सम्पर्क
  • हाम्रो टिम
  • हाम्रो बारेमा
  • समाचार
  • अन्तरवार्ता
  • खेलकुद
  • सम्पादकीय खबर
  • सुचना प्रविधि
  • बिचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ खबर
  • समाज
  • धर्म संस्कृति
  • स्थानीय
  • जीवनशैली
  • हाम्रो बारेमा
  • बिज्ञापन
आज: २०७९ माघ १८, बुधबार
ट्रेन्डीङ्ग
पक्राउ (38)मृत्यु (32)कोरोना (31)कोरोना भाइरस (23)नेकपा (18)संसद विघटन (17)निर्वाचन (15)विघटन (14)
  • किन ओली निवास धाइरहन्छन् प्रधानमन्त्री प्रचण्ड ?

    २ हफ्ता अघि

    भागबन्डा नमिल्दा कर्णालीको मन्त्रिपरिषद् विस्तारमा अन्योल

    २ हफ्ता अघि

    नागढुङ्गा–नौबिसे सुरुङमार्गसहित दर्जनौँ सडकको काम रोकियो, प्रहरी परिचालन गर्दा पनि व्यवसायीले बालुवा बेच्न मानेनन्

    २ हफ्ता अघि

    पोखरा विमान दुर्घटनाः आज शव काठमाडौँ पठाइँदै

    २ हफ्ता अघि

    हेर्नुहोस् माघ ३ गते मंगलबारको राशिफल

    २ हफ्ता अघि

    आज मन्त्रिपरिषद विस्तार, कुन पार्टीलाई कुन मन्त्रालय?

    २ हफ्ता अघि

    यती एयर दुर्घटना : पोखरा अन्तर्राष्ट्रिय विमानस्थलप्रति आशंका उब्जिने खतरा

    २ हफ्ता अघि

    २३ जनाको शव पोखरामै आफन्तलाई बुझाउन सुरु, ४६ जनाको शव काठमाण्डाै पठाइने

    २ हफ्ता अघि

    कक्षा १ मा प्रवेश परीक्षा लिन नपाइने

    २ हफ्ता अघि

    राप्रपाले पायो तीन मन्त्रालय, उपप्रधान तथा उर्जामन्त्री लिङ्देन

    २ हफ्ता अघि

Nepal Press - आम निर्वाचन २०७९

No Description

  • समाचार
  • स्थानीय
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर पश्चिम
  • अन्तरवार्ता
  • अर्थ खबर
    • अटो
    • कृषि तथा पशुपालन
    • बजार
    • बैंक
    • रोजगारी
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अपराध
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • साँचो टि.भी.
    • धर्म संस्कृति
    • एन.आर.एन.
    • समाज
    • युवाका कुरा
    • देश/परदेश
    • मिति कन्भर्टर
आज: २०७९ माघ १८, बुधबार
in
FLASH NEWS
  • १७ हजार भन्दा बढीलाइ बचाउँने : निःस्वार्थ मानव सेवक, सच्चा नायक रविन्द्र !
  • २हास्य टेलिश्रृखंला ‘अति भो’ ले मनायो १०० भाग
  • ३मन्त्री भुसाल ले बताउनु भो :५ वर्षपछि वार्षिक ५० अर्बको बिजुली निर्यात गर्ने अवस्थामा पुग्छौं
  • ४न्यायालयको छवि उच्च राख्न कानुन व्यवसायी इमान्दार हुनुपर्छ : महान्यायाधिवक्ता खाती
  • ५क्रिकेट विश्वकप लिग-२ अन्तर्गत तयारीका लागि श्रीलंका जाने १६ सदस्यीय नेपाली टिम घोषणा
  • ६रुसको चेतावनी : तेस्रो विश्वयुद्धमा परमाणुअस्त्र प्रयोग हुने
  • ७जीटूजी व्यस्थामार्फत भारतबाट नेपाल रासायनिक मल आपूर्तिका लागि समझदारी पत्रमा हस्ताक्षर
  • ८चैत मसान्तभित्र मेलम्चीको पानी काठमाडौंबासीको घरघरमा

मलेसियामा नेपाली श्रमिकको माग घटेको छैन : राजदूत पाण्डे

होमपेज / देश/परदेश
  • ६३२ पटक पढिएको


  • २०७७ पौष ३, शुक्रबार (२ साल अघि)
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डेले मलेसियामा नेपाली श्रमिकको माग नघटेको बताएका छन ।

    अन्तर्राष्ट्रिय आप्रवासी कामदार दिवसको अवसरमा श्रम रोजगार पत्रकार समूहले बिहीबार आयोजना गरेको भर्चुअल कार्यक्रममा राजदूत पाण्डेले मलेसियाको रोजगारी खुलेपछिको पाँच छ महिनामा मात्रै ६३ हजार पाँच सय मागपत्र दूतावासले प्रमाणीकरण गरेको बताए ।

    ‘अघिपछि वर्षमा त्यस्तै एक लाखको हाराहारीमा मागपत्र प्रमाणीकरण हुन्थ्यो होला, तर पछिल्लो पाँच ६ महिनामै ६३ हजार मागपत्र दूतावासले प्रमाणीकरण गरेको छ,’ राजदूत पाण्डेले भने, ‘हामीले मलेसिया बन्द हुँदा अन्य कारणले नेपाली श्रमिकको माग घट्यो भन्न मिल्दैन, माग अहिले पनि त्यति नै छ, नेपाली श्रमिकको स्थान यहाँका श्रमिकहरुले लिन सक्दैनन् ।’

    मलेसिया जाने श्रमिक स्वास्थ्य परीक्षण लगायतको नाममा ठगीमा परेको भन्दै पूर्व श्रम मन्त्री गोकर्ण विष्टको पालामा झण्डै १५ महिना मलेसियाको रोजगारी बन्द भयो । यही बीचमा शून्य लागतमा श्रमिक जान पाउनेगरी नेपाल सरकार र मलेसिया सरकारबीच श्रम समझदारी भयो ।

    यो समझदारीपछि मलेसियाको रोजगारी खुल्यो । मलेसियासँग भएको नयाँ श्रम समझदारी अनुसार नै झण्डै ६४ हजार माग दूतावासले प्रमाणीकरण गरेको हो ।

    दुई देशबीच भएको श्रम समझदारी अनुसार नै रोजगारदाताले माग ल्याउने गरेको पनि राजदूत पाण्डेले बताए ।

    माग किन्ने प्रवृत्तिले ठगी
    नेपाल र मलेसियाबीच शून्य लागतको श्रम समझदारी भए पनि बिचौलियासँग मागपत्र किन्ने चलनले नेपालमा ठगी हुने गरेको छ ।

    रोजगारदाताले दूतावासमा मागपत्र प्रमाणीकरण गर्न आउँदा श्रमिकको टिकट र सेवा शुल्क सहित आएका हुन्छन् । तर नेपालमा व्यवसायीबीचको अस्वस्थ प्रतिस्पर्धाका कारण कम्पनीसँग टिकट, सेवा शुल्क बरु नेपालबाटै पठाइदिन्छौं भन्दै माग लिने गरेको पाइएको राजदूत पाण्डे बताउछन् ।

    नेपाल र मलेसियाबीच श्रम समझदारी नहुँदा पनि ‘रेस्पोन्सिबल बिजनेश अलायन्स’ भित्र आवद्ध कम्पनीहरुले टिकट र अन्य सेवा शुल्क आफैंले दिएर श्रमिक भर्ती गर्ने गरेको प्रसंग उल्लेख गर्दै राजदूत पाण्डेले भने, ‘तर कहिलेकाहीँ व्यवसायीबीचकै अस्वस्थ प्रतिस्पर्धाका कारण नेपालमा त्यसको असर पर्न सक्छ ।’

    तर पछिल्लो समय मलेसियाले श्रमिकसँग अन्तर्वाता लिंदै आउने बेला पैसा तिरे नतिरेको बझ्ने गर्न थालेका छन् । जसको कारण धेरै कम्पनीहरुले रकम फिर्ता पनि गरिरहेका छन् ।

    ‘दूतावास रोजगारदाताबाट हुने छल रोक्न तयार छ’
    नेपाल र मलेसियाबीच भएको श्रम समझदारी पूर्ण रुपमा कार्यान्वयन नआउँदै कोरोनाको कारण अहिले मलेसियाको रोजगारी ठप्प जस्तै छ । मलेसियामा सेक्युरिटी गार्डमा नेपाली श्रमिकको ठूलो माग छ । जसको कारण पनि मलेसियामा नेपाली श्रमिकको माग त घट्ने छैन । अब दूतावासले नै नयाँ मागपत्रमा श्रम समझदारीमा उल्लेख कुराहरु कार्यान्वयनमा कडाई गर्ने राजदूत पाण्डेले बताए ।

    ‘रोजगारदाताले तोकिएको सर्त अनुसार श्रमिकलाई सुविधा दिएर मागपत्र नल्याएमा हामी प्रमाणीकरण नै गर्दैनौं र यदि कसैले नल्याएमा पनि हामी बुझाउने कोशिस गर्छौं,’ राजदूत पाण्डे भन्छन्,‘ यदि कोही कम्पनीले यति हुँदाहुँदै पनि गलत गरेमा हामी त्यस्ता कम्पनीलाई कालोसूचीमा राख्छौं र त्यसको जानकारी उनीहरुलाई पनि गराउँछौं ।’

    श्रम समझदारीले श्रमिकको आधा महिनाको तलब व्यवसायीले सेवा शुल्क लिन पाउने भनेको छ, तर कतिपय कम्पनीले यस अघिदेखि नै एक महिनाको सेवा शुल्क दिने गरेको म्यानपावर व्यवसायी बताउँछन् । तर अहिले समझदारीले उनीहरुलाई घाटा भएको भए पनि अबको संयुक्त बैठकमा समझदारीमा भएका अप्ठेरालाई फुकाउने राजदूत पाण्डेको भनाइ छ । तर त्यसको पूर्ण कार्यान्वयन भने हुनुपर्ने उनि बताउछन् ।

    ‘व्यवसायी पारदर्शी रुपमा हिँड्न चाहेमा सहयोग गर्न दूतावास तयार छ, तर अवस्थ प्रतिस्पर्धा गर्ने व्यवसायीका कारण नै समस्या थपिएको हो,’ राजदूत पाण्डेले भने ।

    ‘श्रमिकका समस्या समाधान शत प्रतिशत हुन्छ’
    वैदेशिक रोजगारीमा रहेका धेरै नेपालीको साझा गुनासो हुन्छ, ‘दूतावासले हाम्रो समस्या सुनेनन् र समाधान गरेन ।’

    तर राजदूत पाण्डे यसमा सहमत हुनुहुन्न । दूतावासमा सम्पर्क गर्ने श्रमिकको समस्या शत प्रतिशत समाधान हुने उनको भनाइ छ । कहिलेकाहीँ विभिन्न कानूनी प्रक्रियाका कारण केही ढिलो हुन गए पनि श्रमिकको समस्या समाधान नहुने भन्ने नहुने उनि बताउछन ।

    ‘दूतावासमा थरीथरी श्रमिकको गुनासो आउँछ, तर जो वास्तविक समस्यामा छन् र उनिहरुको समस्या समाधानमा ढिलाइ भएको छ भने उहाँले चित्त दुखाउनुहुन्छ त्यो स्वभाविक हो,’ राजदूत पाण्डेले भने, ‘तर कोही यस्ता हुनुहुन्छ, जसलाई केही समस्या भएको हुँदैन तर पनि उहाँहरु दूतावासको विरुद्धमा नकारात्मक टिका टिप्पणी गरिरहनुभएको हुन्छ ।’

    कलिहेकाहीँ गलत काम गर्नेहरुलाई दूतावासले कारबाही गरेको र त्यस्तो कारबाहीमा परेकाले दूतावासविरुद्धमा बोल्ने गरेको भए पनि वास्तविक पीडामा हुनेलाई दूतावासले गुनासो गर्ने ठाउँ नदिएको उहाँको भनाइ छ ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    सम्बन्धि खबरहरु

    विश्वकप फुटबलका लागि मौसमी श्रमिक पठाइँदै

    थप ९०० नेपाली साउनको दोस्रो साताबाट इजरायल जाने

    भारी वर्षाको सम्भावनाः सतर्कता अपनाउन २४ घण्टे चेतवानी जारी

    सूचना प्रविधि केन्द्रमा निर्देशकसहित कर्मचारीका लागि दरखास्त खुल्यो

    नेपाली नर्स लैजान बेलायत तयार ,करिब १० हजार नर्सिङ जनशक्ति लैजाने बेलायतको तयारी

    १३ हजार ९३ प्रावि शिक्षकका लागि विज्ञापन खुल्यो

    ताजा समाचार
    १.

    किन ओली निवास धाइरहन्छन् प्रधानमन्त्री प्रचण्ड ?

    २ हफ्ता अघि
    २.

    भागबन्डा नमिल्दा कर्णालीको मन्त्रिपरिषद् विस्तारमा अन्योल

    २ हफ्ता अघि
    ३.

    नागढुङ्गा–नौबिसे सुरुङमार्गसहित दर्जनौँ सडकको काम रोकियो, प्रहरी परिचालन गर्दा पनि व्यवसायीले बालुवा बेच्न मानेनन्

    २ हफ्ता अघि
    ४.

    पोखरा विमान दुर्घटनाः आज शव काठमाडौँ पठाइँदै

    २ हफ्ता अघि
    ५.

    हेर्नुहोस् माघ ३ गते मंगलबारको राशिफल

    २ हफ्ता अघि
    ६.

    आज मन्त्रिपरिषद विस्तार, कुन पार्टीलाई कुन मन्त्रालय?

    २ हफ्ता अघि
    समाचार
    थप

    किन ओली निवास धाइरहन्छन् प्रधानमन्त्री प्रचण्ड ?

    भागबन्डा नमिल्दा कर्णालीको मन्त्रिपरिषद् विस्तारमा अन्योल

    नागढुङ्गा–नौबिसे सुरुङमार्गसहित दर्जनौँ सडकको काम रोकियो, प्रहरी परिचालन गर्दा पनि व्यवसायीले बालुवा बेच्न मानेनन्

    पोखरा विमान दुर्घटनाः आज शव काठमाडौँ पठाइँदै

    साँचो खबर
    थप

    डा. महाबिर पुन द्वारा गुरुकुल/भाष्कर स्कुलमा किताब बिमोचन

    एसईईको नतिजा पर्खेर बसेका विद्यार्थीलाई गुरुकुल विद्या सदन मा.वि नयाँबजार र भाष्कर मेमोरियलको इन्ट्रान्स बुस्टर

    Add Space

    पत्राचार ठेगाना

    साँचो खबर डट कम ( www.sachokhabar.com )
    कीर्तिपूर ,काठमाण्डौ

    अध्यक्ष : सरिता कोइराला 
    प्रबन्ध निर्देशक/प्रधान सम्पादकः  – खगराज लामिछाने

    +९७७ – ९८५११९४०४५ / ९८४९०९४०४५

    सूचना विभाग दर्ता नं. २४८९ / ०७७ – ७८

    MORE TEAM DETAIL

    Well Come to our face book page


    Click Here  

    साईट नेभिगेशन

    • गृह पृष्ठ
    • हाम्रो बारेमा
    • मिति कन्भर्टर
    • बिज्ञापन

    पेजहरु

    • गृह पृष्ठ
    • हाम्रो बारेमा
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ साँचो खबर Online Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution