झट्ट हेर्दा भाडाको अपार्टमेन्ट जस्तो कारागार….

सामान्यतयाः कारागार सुनेपछि मान्छे पसिना निकाल्न थाल्छन् । कारगार भन्ने वित्तिकै अब जीवन गयो भन्ने दिमागमा आउन थाल्छ । कुनै पनि गलत काम गरेपछि त्यसको फल भोग्नका लागि राखिने कारगारहरु निकै नै कष्टकर हुने गर्दछ ।

तर सामाजिक सञ्जालमा एक कारागारका त्यस्ता केही तस्विरहरु भाइरल भइरहेका छन्, जसलाई हेर्दा तपाईलाई यो अनुमान गर्न गाह्रो हुन्छ कि यो कारागार हो कि होईन ? झट्ट हेर्दा घर वा होटेल भन्दा केही फरक देखिएको छैन । एक सामाजिक सञ्जाल प्रयोगकर्ताले कारागारका यी तस्विरहरु साझा गरेका छन् । जानकारी अनुसार त्यो कारागार नार्डिक कारागार सेलको हो । यो सान फ्रान्सिस्को अमेरिकामा रहेको छ, भाडाको अपार्टमेन्ट जस्तो देखिन्छ ।

कोठाको साथ घरको भाडा ३ हजार डलर प्रति महिना हुन्छ । तपाईंलाई जानकारी गराउ कि आईसल्याण्ड जस्तै डेनमार्क, नर्वे, स्विडेन, फिनल्याण्ड नार्डिक अन्तर्गत आउँछ । होटल जस्ता कोठा भएको यस कारागारको तस्विर अहिलेसम्म २० हजार भन्दा बढी पटक रिट्वीट गरिएको छ, जबकि करिब २ लाख मानिसहरूले मनपराएका छन् ।

सामाजिक सञ्जालमा केही व्यक्तिहरूले यस कारागारका भव्य कोठाको प्रशंसा गरे, जबकि केही व्यक्तिहरूले यसको आलोचना पनि गरेका छन् । कारागारमा यति सुविधा उपलब्ध छ भने त्यो पनि के कारागार ? अमेरिका र स्विडेनको कारागारको तस्विर साझा गरेर लेखे कि यदि तपाईंले जनतालाई पुनःस्थापना गर्ने र आपराधिक कुराहरूबाट टाढा राख्नु छ भने भने कुन कारागारको वातावरणले राम्रो परिणाम दिन्छ भनेर सोधेका छन् । केहीले राम्रोमा राख्नु ठिक भनेका छन् भने केहीले यो गलत हो भनेका छन् ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *