म्याग्दीमा विद्यार्थीका दुई गुटबीच हात हालाहालको अवस्था

काठमाडौं : सत्तारुढ नेकपामा देखिएको विवादको बाछिटा जिल्लातहसम्म पुगेको छ। म्याग्दीस्थित अनेरास्ववियु क्रान्तिकारीका तत्कालीन जिल्ला उपाध्यक्ष यामनाथ पौडेलको शोकसभामा भाग लिन पुगेका अनेरास्ववियु सह-संयोजक रञ्‍जीत तामाङ र संयोजक ऐन महर समर्थक विद्यार्थीबीच झडपको अवस्था उत्पन्‍न भएको हो।

महर समर्थक विद्यार्थीहरुले बेनीस्थित एक होटलमा गुटभेला गर्न आएको भन्दै तामाङलाई घेरेका थिए। त्यसक्रममा भएको विवाद हात हालाहालको अवस्थामा पुगेपछि प्रहरी नै परिचालित गर्नुपरेको थियो।

सह-संयोजक तामाङले संगठनको ब्यानरमै पत्रकार सम्मेलन गर्न थालेपछि पुगेका महरनिकट विद्यार्थीहरु प्रतिवादमा उत्रिएका थिए। उनीहरु विवादमा उत्रिएपछि प्रहरी गएर घटनालाई साम्य पार्नु परेको थियो।

दुई पक्षबीच धकेलाधकेल भएको थियो। महरनिकट विद्यार्थीहरुले गुट भेला गर्न आएको भन्दै आपत्ति व्यक्त गरेका थिए। म्याग्दीस्थित सह-अध्यक्ष रेशम कटुवालले जिल्ला कमिटीमै जानकारी गराएर सह-संयोजक तामाङ आएको भन्दै यस्ता आरोपले संगठन बिग्रिने बताएका छन्।

पूर्व माओवादीनिकट विद्यार्थीहरुले संगठनका सह-संयोजकलाई रोक्न खोजेर पूर्व एमालेहरुले दम्भ देखाएको आरोप लगाएका छन्। उता ओलीनिकट विद्यार्थीहरुले तामाङले गुट भेला गर्दै हिँडेकाले प्रतिवाद गर्नुपरेको जिकिर गरेका छन्। अनेरास्ववियुका जिल्ला अध्यक्ष सुवास विश्‍वकर्माले केन्द्रीय नेता जिल्लामा आउँदा संस्थगत जानकारी नभएको बताए। उनले संस्थागत जानकारीबिना नै जिल्लामा आएर गुट भेला गरेकाले विरोध गरिएको बताएका छन्।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *