प्रधानमन्त्री निवास घेर्ने उखु किसानको चेतावनी, पैसा नलिई घर नफर्किने अडान

काठमाडौं । रकम भुक्तानी गर्न उखु मिलका संचालकहरु अझै पनि तयार नभएमा आन्दोलनरत उखु किसानहरुले आन्दोलनको स्वरुप परिवर्तन गर्ने तयारी गरेका छन् । केही दिनदेखि काठमाडौको माइतीघर मण्डलामा धर्ना दिदै आएका किसानहरुले अव प्रधानमन्त्री निवास, सिंहदरबार घेराउ गर्ने लगायतका कार्यक्रमहरु गर्ने तयारी गरेका हुन् ।

उखु किसान संघर्ष समितिका अध्यक्ष रामश्वार्थ यादवले आन्दोलनको स्वरुप परिवर्तन गर्न लागिएको नेपाली नेटवर्कलाई जानकारी दिनुभयो । पैसा नदिदा सम्म कुनै हालतमा पनि घर नजाने भन्दै उहाँले पैसा नलिइ घर जाने र गाँउमा मुख देखाउन सक्ने नरहेको बताउनुुभयो । उहाँले आफुहरुको पनि ऋण तिर्नु पर्ने भएकाले पैसा नलिइ घर जानै नहुने अवस्था रहेको बताउनुभयो ।

किसानहरुलाई यति दुःख त कुनै पनि देशमा छैन होला भन्दै उहाँले आफुहरु सरकार र उद्योगपतिबाट पिडित भएको जनता र संचार माध्यमहरुले भने समर्थन गरेको अनुभव सुनाउनुभयो ।रकम भुक्तानी बाहेक अन्य पनि माग रहेको र त्यसका बारेमा बार्ता गरेर सम्झौता गर्न सकिने उहाँले स्पष्ट पार्नुभयो । तर रकम भुक्तानीको बारेमा भने वार्ता हुन नसक्ने उहाँले उल्लेख गर्नुभयो ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *