राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेशकुमार सिलवालले आगामी फागुन २० देखि गण्डकी प्रदेशमा तय गरिएको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालनको अवस्था नरहेको बताएका छन् ।
मदन भण्डारी स्पोर्टस् एकेडेमी गण्डकी प्रदेशले बिहीबार पोखरा रङ्गशालामा आयोजना गरेको खेलाडी सम्मान कार्यक्रममा सदस्यसचिव सिलवालले यस्तो बताएका हुन् ।
खेलकुदले माहोल सिर्जना गर्नुपर्नेमा यस वर्ष कोभिड–१९ का कारण अप्ठ्यारो अवस्था रहेकाले राष्ट्रिय खेलकुद सञ्चालन गर्ने अवस्था नरहेको उनले स्पष्ट पारे ।