अधिकांश बैंक तथा वित्तीय संस्थाले बचत तथा मुद्दति खाताको ब्याजदर घटाए

अधिकांश बैंक तथा वित्तीय संस्थाले निक्षेपकर्तालाई दिने ब्याजदर घटाएका छन् । बैंकहरुले आज (पुस १ गते) देखि लागू हुनेगरी बचत तथा मुद्दति खाताको ब्याजदर घटाएका हुन् । नेपाल राष्ट्र बैंकले महिना सुरु हुनुअघि नै सो महिनामा लागू हुने ब्याजदर सार्वजनिक गर्नुपर्ने नियम ल्याएसँगै पुस महिनाका लागि बैंकहरुले विभिन्न समयमा ब्याजदर सार्वजनिक गरेका हुन् ।

बैंकहरुले सार्वजनिक गरेको नयाँ ब्याजदर तालिकाअनुसार २७ वाणिज्य बैंकले बचत खातामा दिँदै आएको ब्याजदर घटाएका छन् । बाँकी १० बैंकमध्ये ९ बैंकको बचत खाताको ब्याजदर स्थिर रहँदा एउटा बैंकले मात्रै यस्तो खाताको ब्याजदर बढाएको छ । ब्याजदर घट्ने बैंकहरुमध्ये नेपाल बैंक, नबिल बैंक, नेपाल एसबिआई बैंक, नेपाल बंगलादेश बैंक, एभरेष्ट बैंक, कुमारी बैंक, लक्ष्मी बैंक, सिटिजन बैंक, सनराइज बैंक, सेञ्चुरी कमर्शियल बैंक, सानिमा बैंक माछापुच्छ्रे बैंक, प्रभु बैंक, सिद्धार्थ बैंक, सिभिल बैंक, एनसीसी बैंक, राष्ट्रिय वाणिज्य बैंक र मेगा बैंक छन् ।

त्यस्तै, बचत खाताको ब्याजदर स्थिर रहेका बैंकहरुमा कृषि विकास बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, हिमालयन बैंक, प्राइम कमर्शियल बैंक, एनआईशी एशिया बैंक, ग्लोबल आईएमई बैंक र बैंक अफ काठमाण्डू छन् । ब्याजदर बढ्ने एकमात्र बैंक एनएमबि बैंक हो । उता, मुद्दति खातामा पनि अधिकांश बैंकले दिँदै आएको ब्याजदर घटेको छ । एकवर्षे व्यक्तिगत मुद्दति निक्षेपमा दिँदै आएको ब्याजदरलाई आधार मान्दा बैंकहरुको ब्याजदर घटेको देखिएको छ ।

यसरी मुद्दति निक्षेपमा समेत ब्याजदर घटाउने बैंकको संख्या १६ रहेको छ । बाँकी ११ बैंकमध्ये ५ वटा बैंकको ब्याजदर बढेको छ । बाँकी ६ वटा बैंकको ब्याजदर भने स्थिर छ । मुद्दति खातामा हाल कुमारी बैंक, लक्ष्मी बैंक, सिटिजन बैंक, प्राइम कमर्शियल बैंक र एनएमबि बैंकको ब्याजदर बढेको छ । कृषि विकास बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, हिमालयन बैंक, एभरेष्ट बैंक, माछापुच्छ्रे र एनआईशी एशिया बैंकको ब्याजदर स्थिर रहेको छ । बाँकी बैंकको ब्याजदर भने घटेको छ ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *