स्याङ्जाको पुतलीबजार नगरपालिका–३ घर भई हाल कास्कीको पोखरा महानगरपालिका–५ मालेपाटनमा डेरा गरी बस्ने ३३ वर्षीया मन्जु क्षेत्रीलाई जिल्ला प्रहरी कार्यालय स्याङजाले दोहोरो नागरिकता र राहदानी लिएको अभियोगमा पक्राउ गरेको छ ।
जिल्ला प्रशासन कार्यालय स्याङ्जाले सुनसरी र स्याङ्जाबाट दाहोरो नागरिकता र राहदानी लिएको अभियोगमा क्षेत्रीलाई पक्राउ गरेको जनाएको हो ।
क्षेत्रीले गत मंसिर १ गते जिल्ला प्रशासन कार्यालय स्याङ्जाबाट फरक विवरण पेश गरी ४२१०६२/१०/१८५ नं. को नेपाली नागरिकताको प्रमाण पत्र लिएकी थिइन् ।
प्रहरीले कास्कीस्थित क्षेत्रीको डेराबाट जिल्ला प्रशासन कार्यालय स्याङ्जाबाट जारी भएको ४२१०६२/१०/१८५ नं. को नेपाली नागरिकताको प्रमाण पत्र र मन्जु क्षेत्री नाम उल्लेख रहेको १११११२४९ नं. को राहदानी फेला पारेका थियो ।
त्यसैगरी जिल्ला प्रशासन कार्यालय सुनसरीबाट नाम मन्जु सेजवाल उल्लेख भएको ०६/०२/७५/०२९९३ नं. को नेपाली नागरिकताको प्रमाण पत्र तथा मन्जु सेजवाल नाम उल्लेख रहेको ११३१०५९८ नं.राहदानी फेला पारेका प्रहरी नायब उपरीक्षक राजेन्द्र प्रशाद अधिकारीले बताए ।
निज क्षेत्रीलाई नागरिकता सम्बन्धी कसुर मुद्दा दर्ता गरिएको जिप्रका स्याङ्जाले जनाएको छ ।