युनिसेफले पहिलो पटक बेलायतमा बालबालिकालाई खाना खुवाउने

संयुक्त राष्ट्रसंघीय बाल आकस्मिक कोस (युनिसेफ)ले पहिलो पटक बेलायतमा कोभिड–१९ बाट प्रभावित बालबालिकालाई खाना खुवाउन एक कार्यक्रम सुरु गर्ने भएको छ ।

युनिसेफले बालबालिकालाई दोस्रो विश्वयुद्धपछि सबैभन्दा धेरै प्रभाव कोभिड–१९ महामारीले पारेको बताएको छ । फुड फाउण्डेशन च्यारिटीले मे महिनामा बेलायतमा गरेको युगभ सर्वेक्षणमा २.४ मिलियन बालबालिकाहरु खाद्य सुरक्षा नभएका परिवारमा बसिरहेको पाइएको थियो । अक्टोबरसम्ममा थप ९ लाख बालबालिका निःशुल्क विद्यालय खानाको लागि दर्ता भएका छन् ।

द गार्डियनका अनुसार युनिसेफले सामुदायिक परियोजना स्कुल फुड म्याटर्सलाई २५ हजार पाउण्ड सहयोग दिने बताइसकेको छ । यो पैसाबाट संस्थाले बालबालिकालाई क्रिसमस विदाको क्रममा २५ विद्यालयका विद्यार्थीलाई १८ हजार पौष्टिक खानाका प्याकेट उपलब्ध गराउनेछ । खानेकुरा डेलिभरी गर्ने कम्पनी अबेल एण्ड कोलले पनि ४ हजार ५ सय पाउण्ड मूल्य बराबरको १.२ टन फलफूल र तरकारी उपलब्ध गराउनेछ ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *