विश्व फुटबलको सर्वोच्च निकाय फिफाले आज वर्ष खेलाडीको घोषणा गर्दैछ । ‘फिफा द बेस्ट’को घोषणा स्वीट्जरल्याण्डको जुरिचमा नेपाली समयअनुसार राति पौने १२ बजेबाट सुरु हुनेछ । कोरोना महामारीका कारण यस वर्षको ‘द बेस्ट’ अवार्ड भर्चुअलको माध्यमबाट हुनेछ ।
वर्षको उत्कृष्ट खेलाडीलाई प्रदान गर्दै आएको ‘द बेस्ट’ अवार्डका लागि तीन शीर्ष उम्मेदवारको नाम सार्वजनिक भइसकेको छ । वर्ष खेलाडीका लागि अन्तिम तीनमा बार्सिलोनाका कप्तान लियोनल मेस्सी, युभेन्टसका स्ट्राइकर क्रिस्टियानो रोनाल्डो र बायर्न म्युनिखका फरवार्ड रोबर्ट लेवान्डोस्की रहेका छन् ।