जनताको चाहनाअनुसार विकास निर्माणको कामले तीव्रता लियको छ : सहरी विकासमन्त्री श्रेष्ठ

सहरी विकासमन्त्री कृष्ण गोपाल श्रेष्ठले नेकपा कुनै हालतमा नफुट्ने बताएका छन् । पार्टी फुटको संघारबाट जोगिएको स्पष्ट पार्दै मन्त्री श्रेष्ठले अब मिल्नुको विकल्प नभएको बताए ।

मन्त्री श्रेष्ठले जनताको चाहनाअनुसार विकास निर्माणको कामले तीव्रता लिएको उल्लेख गर्दै जनताको अपार मायाको कारण सरकारको लोकप्रियता बढ्दै गएको बताए । उनले आम कार्यकर्ताको सहयोगमा बनेको सरकार र पार्टी कुनैपनि हालतमा नफुट्ने दावी गरे ।

चन्द्रागिरी नगरपालिकाको १ नम्बर वडाले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा पुगेका मन्त्री श्रेष्ठलाई कार्यकर्ताले पार्टी फुटाउदा कार्यकर्ताको केही जाँदैन तर नेताको पद र सेवा सुविधा गुम्ने त होला नि भन्दै व्यङग गरेका थिए ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *