स्पेनिश फ्लू र क्यान्सरलाई हराउन सफल वृद्धाले कोरोनालाई २ पटक जितिन यो घटनाले विज्ञानलाई पनि चुनौती

अहिले विश्वभर महामारीका रुपमा रहेको कोरोना भाइरस (कोभिड–१९) उमेर धेरै भएकाहरुका लागि एक चुनौतीका रुपमा रहेको छ । तर यस मिथ्या हल्लालाई गलत बनाउने केहि त्यस्ता घटनाहरु पनि भएका छन्, जसले सबैलाई हैरान बनाएका छन् ।

अमेरिकाको न्यूयोर्कमा बस्ने एक १०२ वर्षीया वृद्धा महिलाले दुई पटक कोभिड–१९ लाई जित्न सफल भएकी छिन् । दुई पटक कोरोना संक्रमित भए पनि उनले कोरोनालाई हराउन सफल भएकी हुन् । उनले सहजै यो भाइरसको असरलाई पार लगाएपछि बृद्ध व्यक्ति र दुई पटक कोरोना लागेमा ज्यान नै जोखिममा भन्ने मिथ्या हल्ला मात्र भएको सावित भएको अमेरिकी सञ्चार माध्यमहरुले प्रकाशन, प्रशारण गरिरहेका छन् ।

अमेरिकी सञ्चारमाध्यमका अनुसार १०२ वर्षीया एन्जेलिना फ्राइडम्यान, जसले यो भन्दा पहिले सन् १९१८ स्पेनिश फ्लू र क्यान्सरलाई पनि हराउन सफल भएकी थिइन् । पहिलो मार्चमा उनी पहिले पटक कोरोना संक्रमित भएकी थिइन् । पहिलो पटक संक्रमित हुँदा उनले तुलनात्मक रूपमा केहि लक्षणहरु अनुभव गरेकी थिइन् ।

उनकी छोरी जोआन मेरोलाले एनबीसीलाई बताइन्, ‘उहाँमा पहिलो पटक लक्षणहरु देखा परेका थिए । आमामा भएको सबैभन्दा खराब लक्षण भनेको ज्वरो हो जुन १० दिनसम्म चल्यो ।’ उनका अनुसार अक्टूबरमा दोस्रो पटक उनी कोभिड–१९ बाट संक्रमित भएकी थिइन् । छोरीका अनुसार जन्मदिनको केही समयअघि, उनी गम्भीर बिरामी परेकी थिइन् ।

छोरीले थप्दै भनिन, ‘उहाँलाई खोकी थियो, उहाँ सुस्त हुनु भएको थियो । आमालाई फेरि ज्वरो आएको थियो । पहिलो पटक धेरैलाई थाहा थिएन आमा बिरामी हुनुहुन्थ्यो ।’ उनले आमामा कम सुन्ने र कम देख्ने समस्या रहेको पनि बताइन् ।

उनी भन्छिन्, ‘मेरी आमाले उनको जीवनमा धेरै कुरा गरिरहनुभएको छ । तपाईले हरेस खान सक्नुहुन्न । तपाईले लडाँई गर्नुपर्नेछ । मेरी आमाले जिउँदो बाँच्ने इच्छा पाउनुभयो, मैले पहिले कहिल्यै देखेको छैन ।’ अहिले यो घटनाले विज्ञानलाई पनि चुनौती दिएकी छन् ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *