लागुऔषध ब्राउन सुगरको कारोबारमा संलग्न कृष्ण भक्त श्रेष्ठ १४ वर्षपछि पक्राउ परेका छन् ।
२०६३ साल माघ महिनामा उच्च अदालत पाटनले दोषी ठहर गर्दै पाँच वर्ष कैद र पाँच हजार रुपैयाँ जरिबाना हुने ठहर गरेपछि फरार रहेका उनीलाई काठमाण्डौ महानगरपालिका १६ चाैमतीबाट पक्राउ गरिएकाे केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले जनाएको छ ।
बुधबार पक्राउ परेका उनलाई बिहीबार (आज) काठमाण्डौ जिल्ला अदालतमा पेस गरिएको प्रहरीले जनाएको छ ।