एमसीसीले श्रीलङ्कासँगकाे ४८० मिलियन अमेरिकी डलर बराबरको सम्झौता रद्द गर्ने निर्णय

वाशिङ्टनमा रहेको मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी) बोर्डले श्रीलङ्कासँगको प्रस्तावित ४८० मिलियन अमेरिकी डलर बराबरको सम्झौता रद्द गर्ने निर्णय गरेको छ ।

‘श्रीलङ्का प्रशासनले सहकार्य गर्न चासो नदेखाएपछि १५ डिसेम्बरमा बोर्डको बैठकले उससँगको सम्झौता रद्द गर्ने निर्णय गरेको हो’, कोलम्बोमा रहेको अमेरिकी दूतावासले भनेको छ । यसअघि श्रीङ्काले आर्थिक विकासमा जोड दिन, गरिबी घटाउन र अर्थतन्त्र बढाउन अनुदान लिने निर्णय गरेको थियो ।

देशको स्वामित्व, पारदर्शिता र अनुदान परिणामहरूको लागि उत्तरदायित्व एमसीसीको विकास मोडेलको आधारभूत हुन्छ ।

अमेरिकी सहयाेग नियाेगकाे एमसीसीले विश्वका ३० देशलाई झण्डै १३ दशमलव ५ बिलियन डलर बराबरको अनुदान दिएको अमेरिकी दूतावासले जनाएको छ ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *