सरकारले पेन्सन पाइरहेकाहरुको सामाजिक भत्ता भत्ता रोक्न निर्देशन दिएको छ।
गृह मन्त्रालयले सरकार तथा सरकारी स्वामित्वमा रहेका संघ संस्थाबाट सेवा सुविधा लिइरहेका व्यक्तिको सामाजिक सुरक्षा भत्ता रोक्नका लागि सबै स्थानीय तहलाई परिपत्र गरेको छ।
गृहको पत्रमा नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह अथवा यिनीहरुको पूर्ण वा आंशिक स्वामित्व रहेको कुनैपनि संस्थाबाट नियमित तलब, पेन्सन, अवकास सुविधा अथवा अन्य सुविधाहरु पाइरहेका व्यक्तिलाई सामाजिक सुरक्षा भत्ता रोक्न भनिएको छ।