तीनकुनेमा देखिएको त्यो अमानवीय दृष्य !

काठमाडौं । काठमाडौंस्थित तीनकुनेको व्यस्त सडक । सडकको छेउमा फुटपाथ । पुटपाथमा पनि मानिसको ओहोर-दोहोर बाक्लो छ। सडकको पश्चिम पट्टिको फुटपाथ छेउमै भिरालो जमिन छ । जहाँ एक अ’धवैशे महिला सुतिरहेकी छिन् । मोटोमाथि ब्ल्याङ्केट, ब्ल्याङ्केटमाथि उनी सुतेकी छिन् । उनको टाउकोमा सिरानी अडिएको छ । र, ब्ल्याङ्केट नै ओढेकी छिन् ।

ती महिलालाई सरिता खड्काले बाटो हिँड्दै गर्दा तीन दिनअघि देखिकी थिइन् । त्यतिबेला पनि ती महिलाको आसन उस्तै थियो । सरिताले भनिन्, ‘अफिसबाट फर्कंदै गर्दा साँझको आठ बजेतिर पुल छेउमा कपडाको थुप्रो र मान्छे जस्तै देखें । नजिकै पुगेर हेर्दा भर्खरै कसैले छोडेर गएको जस्तो देखिन्थ्यो ।’

महिलाको अनुहार गोरो छ । तर, दुब्लाएर क’क्रक्क परेको । शरीरमा न्यानो कपडा लगाइएको थियो । ती महिला भने न हलचल गर्न सक्थिन्, न त केही बोल्न नै । सरिताले सोचिन्– कोही आफन्त आएर लैजालान् की ! अनि उनी बाटो लागिन् । तर, अर्को विहान पुग्दा पनि ती महिलाको अवस्था उस्तै थियो । सरिताले भनिन्, ‘मन थाम्न नसकेर डाइपर परिवर्तन गरिदिएँ अनि केही खाना र जुस खुवाइदिएँ ।’

ती महिलाले भने आफैं खानसमेत सक्दैनथिन् । किनकी उनलाई प्या’रालाइसिसले गाँ’जेको छ । मंगल बार विहान पनि उनी नौ बजेसम्म उनै महिलाको छेउमा गएर बसिन् । खाना खुवाइन् । अहँ ! महिला लाई लिनको लागि कोही आ’फन्त आएनन् । सरिताले भनिन्, ‘बोलाउँदा पनि केही बोल्न सक्नु भएन । रो’इमात्र रहनुभयो ।’ सरितालाई आपत आइलाग्यो– अब कहाँ लैजाने, कसलाई भन्ने ? यही आपतले सरिताले मानवसेवा आश्रमबारे जानकारी पाइन् ।

३ दिनपछि मानवसेवा आश्रमको बारेमा जानकारी पाएपछि सम्पर्क गरिन्, काठमाडौं महानगरपालिकाका प्रतिनिधी र मानव सेवा आश्रमका अभियान्ताहरु र नेपाल प्रहहरीको टोलिले आमालाई उद्धार गरी वीर अस्पताल पुर्यायो । तर विडम्बना अस्पतालको गेटमै पुग्दा नपुग्दा आमाले अ’न्तिम शास छाड्नु भयो ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *