चारै सन्तान दृष्टिविहिन भएको परिवारलाई शोक, जेठो छोराको मृत्यु

इटहरी : दृष्टिविहिन भएर थलिएका इटहरी -२ स्थित लक्ष्मण तामाङका जेठो छोराको गएराती मृत्यु भएको छ। जेठो छोरा २९ वर्षीय सरोज तामाङको गएराती मृत्यु भएको हो।बौद्ध परम्पराअनुसार उनको केही बेरमै उनको अन्त्येष्टि गरिने उनका पिता लक्ष्मणले जानकारी दिएका छन्। तामाङ परिवारमा २ छोरा र २ छोरी चार जना नै दृष्टिविहिन भएर थला परेका थिए।

जन्मँदा स्वस्थ जन्मिएका उनीहरुमा उमेर बढ्दै जाँदा ९ वर्षको उमेरदेखि अन्धोपनको समस्या देखिएको थियो। उमेर बढेसँगै शरीर कुँजो हुने र हिडडुल गर्नसमेत नसक्ने समस्या देखिएको थियो। सबैतिर जँचाउँदा पनि रोग पत्ता नलागेपछि परिवारले हार खाएर उपचार गर्न र जँचाउनै छाडेको थियो। विदेशमा जँचाएर उपचार गराउने इच्छा परिवारको थियो। तर आर्थिक अवस्थाका कारण पूरा हुन सकेको थिएन।

जेठा सरोजको मृत्युपछि १५ देखि ३० वर्षसम्मका अर्को एक कान्छा छोरा र दुई छोरीहरु दृष्टिविहीन र शारीरिक अशक्तताका कारण घरमै आमाको स्याहारमा बसिरहेका छन्। कान्छो छोरा अलिअलि बोल्ने गरेपनि अरु भने बोल्न र हिड्न नसक्ने अवस्थामा छन्।

दाताहरुको सहयोगको भरमा चलेको परिवारलाई गतवर्ष मात्र उपमहानगरपालिकाले अपांगताको परिचयपत्र बनाइदिएर मासिक तीन हजारका दरले सहयोग पाउन थालेका छन्। अन्नपूर्ण पोष्ट बाट

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *