रुपन्देहीको बुटवलमा जीप लाइन सुरु

रुपन्देहीको बुटवलमा पर्यटकीय र साहसिक खेलका रुपमा परिचित जीप लाइन पनि सरु भएको छ । बाह्य तथा आन्तरिक पर्यटकहरुलाई लक्षित गरी बुटवलको हिलपार्कमा जीप लाइन संचालनमा ल्याइएको हो । रुपन्देहीमा फुटबलमा लामो समयदेखि यो’गदान दिएका खेलप्रेमी हरिप्रसाद श्रेष्ठले यो खेल बुटवलमा भि’त्राएका हुन् ।

लक्ष्मी आर्दश सामुदायिक वन उपभोक्ता स’मुहको हिलपार्क र उत्तरको अर्को डाँडालाई जो’ड्ने गरी जीप लाइन तयार गरिएको छ । स्थानीय लक्ष्मी आर्दश सामुदायिक वन उपभोक्ता स’मुहसँग सहकार्य गरी बाईल्ड बल्डर्स नेपाल प्रालीले सा’हसिक खेल संचालनमा ल्याएको हो ।

हिलपार्क जीप लाइन परियोजनामा करीब सवा करोडको गुरुयोजना अनुसार काम भैरहेको संचालक श्रेष्ठले बताए । पहिलो चरणमा जि’प लाइनको पूर्वाधार तयार भएको छ । दुबै डाँडामा रुखलाई नै आ’र्कषक ढंगले मचाङ बनाइएको छ । दुईतर्फी जीप लाईन संचालन भएको नेपालको बुटवलमा मात्र भएको उनले दा’बी गरे ।

एकतर्फी ६ सय ५० मिटर र अर्कोतर्फ ७ सय ५० मिटर गरि दुईतर्फी १ हजार ४ सय मिटर दुरीको यो सम्भवतः नेपालकै सबैभन्दा लामो जीप र्ला’न समेत भएको उनले बताए । पर्यटकलाई अहिले उ’द्घाटनको अवसरमा केही समयका लागि १ हजार ५ सय रुपैयाँ तोकिएको उनले बताए । जीप लाईन शुरुभएसंगै ५ जनाले रोजगार पाएका छन । नेपालमा चितवन,काठमाण्डौबाहिर पोखरा,धुलिखेलमा समेत जीप लाईन संचालनमा छ ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *