पाकिस्तानले महिलामाथि हुने हिंसा न्युनिकरणका लागि कडा कदम चाल्ने भएको छ।
देशभर बलात्कारका घटना नरोकिएपछि पाकिस्तान सरकारले बलात्कारका दोषीलाई नपुंसक बनाउने कडा कानुन ल्यान लागेको छ।
नयाँ कानुनले यससम्बन्धी मुद्धामा शीघ्र सुनुवाइसँगै कडा सजायको व्यवस्था गरेको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।
नयाँ कानुन अनुसार दोषी प्रमाणित भए रसायनिकरूपमा नपुंसकसम्म बनाउन सकिने प्रावधान राखिएको छ।
पाकिस्तानका राष्ट्रपति आरिफ अल्बीले यससम्बन्धी अध्यादेशमा मंगलबार हस्ताक्षर गरेका छन्।
पाकिस्तानका प्रधानमन्त्रीले यस कानुनलाई अबको १ सय २० दिन भित्र संसदबाट पास गर्नुपर्नेछ। त्यसपछिमात्र कानुन कार्यन्वयनमा आउनेछ।