बालुवाटारमा बस्यो पार्टी स्थायी समितिको बैठक,भयो यस्ता निर्णयहरु

आज बसेको २०७७ पुष १ गते बालुवाटारमा बसेको पार्टी स्थायी समितिको बैठकले निम्न निर्णयहरु गरेको छ ।
१. सरकारले जारी गरेको संवैधानिक परिषद् सम्बन्धी अध्यादेश फिर्ता लिने साथै राष्ट्रपति समक्ष संसदको अधिवेशनको माग गर्दै पेश गरिएको आवेदन पनि फिर्ता गर्ने सर्वसम्मत निर्णय भएको छ ।
२. संवैधानिक नियुक्तहरु सहमतिमा मात्र टुङ्ग्याउने निर्णय भएको छ ।
३. पार्टी स्थायी समितिको बैठक यही पुष ५ गते र पार्टी केन्द्रीय समितिको बैठक पुष १० गते बस्ने निर्णय भएको छ ।
४. बैठकमा पेश भएका प्रस्तावहरु पार्टीको स्थायी समिति र केन्द्रीय समितिका बैठकहरुमा छलफल गर्ने । राजनीतिक प्रस्ताव फिर्ताको हल्ला निराधार र कपोलकल्पित हो।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *