नेपालमा २ सय ९१ महिला र ४ सय ४५ पुरुष गरि पछिलो २४ घण्टा मा ७ सय ३६ जना कोरोना संक्रमित थपिए

नेपालमा आज थप ७ सय ३६ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा थप ७ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि हुनेमा २ सय ९१ महिला र ४ सय ४५ पुरुष रहेका छन् ।

योसँगै नेपालमा हालसम्म २ लाख ५० हजार ९ सय १६ जनामा कोरोना संक्रमण देखिएको छ । मन्त्रालयका अनुसार हालसम्म पीसीआर परीक्षणको संख्या १८ लाख ४९ हजार १ सय ३६ छ भने २४ घण्टामा ५ हजार ५ सय ५५ पीसीआर परीक्षण भएका छन् । देशभरि सक्रिय संक्रमितको संख्या ९ हजार ७ सय ५७ छ ।

क्वारेन्टाइनमा रहनेको संख्या ४ सय ५२ रहेको छ । २४ घण्टामा ८ सय ४७ जना कोरोनामुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सगै हालसम्म कोरोना संक्रमणबाट मुक्त भइ २ लाख ३९ हजार ४ सय १६ जना घर फर्किसकेका छन् । अर्कोतिर २४ घण्टामा १३ जनाको मृत्यु भएको छ । हालसम्म कोरोना संंक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ७ सय ४३ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा काठमाडौं उपत्यकामा थप ३९१जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पुष्टि हुनेमा १६३ महिला र २२८ जना पुरुष रहेका छन् । काठमाडौँमा २९४, भक्तपुरमा २० र ललितपुरमा ७७ जना नयाँ संक्रमित थपिएका हुन् ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *