स्थायी कमिटीको बैठकअघि ओली र दाहाल छलफलमा

नेकपाका अध्यद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल छलफलमा जुटेका छन् । स्थायी कमिटीको बैठकअघि प्रधानमन्त्री निवास बालुवाटारमा ओली र दाहाल छलफलमा बसेको नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले बताए ।

स्थायी कमिटी बैठक बालुवाटारमा १ बजे बोलाइएको छ ।

तीन दिनको स्थगनपछि बुधबार स्थायी कमिटी बैठकअघि प्रधानमन्त्री ओलीले संवैधानिक परिषद्सम्बन्धी विवादित अध्यादेश ल्याएपछि नेकपा विवाद नयाँ मोडमा पुगेको छ ।

यसैबीच बुधबार बिहान ओलीनिकट मानिने लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा स्थायी कमिटी सदस्य शंकर पोखरेल अध्यक्ष दाहाललाई भेट्न खुमलटार पुगेका थिए। पोखरेलले दुई अध्यक्ष छलफलमा बस्न सुझाव दिएका थिए । त्यसपछि नै ओली र दाहाल छलफलमा बसेका हुन् । कान्तिपुर दैनिक

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *