• मेनु
  • प्रदेश शंस्करण
  • Home
  • Privacy Policy
  • Term & Conditions
  • प्रितीबाट युनिकोड कन्भर्टर
  • बिज्ञापन
  • मिति कन्भर्टर
  • सम्पर्क
  • हाम्रो टिम
  • हाम्रो बारेमा
  • समाचार
  • अन्तरवार्ता
  • खेलकुद
  • सम्पादकीय खबर
  • सुचना प्रविधि
  • बिचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ खबर
  • समाज
  • धर्म संस्कृति
  • स्थानीय
  • जीवनशैली
  • हाम्रो बारेमा
  • बिज्ञापन
आज: २०७९ माघ १३, शुक्रबार
ट्रेन्डीङ्ग
पक्राउ (38)मृत्यु (32)कोरोना (31)कोरोना भाइरस (23)नेकपा (18)संसद विघटन (17)निर्वाचन (15)विघटन (14)
  • किन ओली निवास धाइरहन्छन् प्रधानमन्त्री प्रचण्ड ?

    १ हफ्ता अघि

    भागबन्डा नमिल्दा कर्णालीको मन्त्रिपरिषद् विस्तारमा अन्योल

    १ हफ्ता अघि

    नागढुङ्गा–नौबिसे सुरुङमार्गसहित दर्जनौँ सडकको काम रोकियो, प्रहरी परिचालन गर्दा पनि व्यवसायीले बालुवा बेच्न मानेनन्

    १ हफ्ता अघि

    पोखरा विमान दुर्घटनाः आज शव काठमाडौँ पठाइँदै

    १ हफ्ता अघि

    हेर्नुहोस् माघ ३ गते मंगलबारको राशिफल

    १ हफ्ता अघि

    आज मन्त्रिपरिषद विस्तार, कुन पार्टीलाई कुन मन्त्रालय?

    १ हफ्ता अघि

    यती एयर दुर्घटना : पोखरा अन्तर्राष्ट्रिय विमानस्थलप्रति आशंका उब्जिने खतरा

    १ हफ्ता अघि

    २३ जनाको शव पोखरामै आफन्तलाई बुझाउन सुरु, ४६ जनाको शव काठमाण्डाै पठाइने

    १ हफ्ता अघि

    कक्षा १ मा प्रवेश परीक्षा लिन नपाइने

    १ हफ्ता अघि

    राप्रपाले पायो तीन मन्त्रालय, उपप्रधान तथा उर्जामन्त्री लिङ्देन

    १ हफ्ता अघि

Nepal Press - आम निर्वाचन २०७९

No Description

  • समाचार
  • स्थानीय
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर पश्चिम
  • अन्तरवार्ता
  • अर्थ खबर
    • अटो
    • कृषि तथा पशुपालन
    • बजार
    • बैंक
    • रोजगारी
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अपराध
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • साँचो टि.भी.
    • धर्म संस्कृति
    • एन.आर.एन.
    • समाज
    • युवाका कुरा
    • देश/परदेश
    • मिति कन्भर्टर
आज: २०७९ माघ १३, शुक्रबार
in
FLASH NEWS
  • १७ हजार भन्दा बढीलाइ बचाउँने : निःस्वार्थ मानव सेवक, सच्चा नायक रविन्द्र !
  • २हास्य टेलिश्रृखंला ‘अति भो’ ले मनायो १०० भाग
  • ३मन्त्री भुसाल ले बताउनु भो :५ वर्षपछि वार्षिक ५० अर्बको बिजुली निर्यात गर्ने अवस्थामा पुग्छौं
  • ४न्यायालयको छवि उच्च राख्न कानुन व्यवसायी इमान्दार हुनुपर्छ : महान्यायाधिवक्ता खाती
  • ५क्रिकेट विश्वकप लिग-२ अन्तर्गत तयारीका लागि श्रीलंका जाने १६ सदस्यीय नेपाली टिम घोषणा
  • ६रुसको चेतावनी : तेस्रो विश्वयुद्धमा परमाणुअस्त्र प्रयोग हुने
  • ७जीटूजी व्यस्थामार्फत भारतबाट नेपाल रासायनिक मल आपूर्तिका लागि समझदारी पत्रमा हस्ताक्षर
  • ८चैत मसान्तभित्र मेलम्चीको पानी काठमाडौंबासीको घरघरमा

प्रदेश १ मा आपराधिक घटनासँग सम्बन्धित दुई हजार एक सय सातवटा मुद्दा

होमपेज / प्रदेश नं. १
  • २८५ पटक पढिएको


  • २०७७ पौष १, बुधबार (२ साल अघि)
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • प्रदेश १ मा चालु आर्थिक वर्षको चार महिनाभित्रमा विभिन्न आपराधिक घटनासँग सम्बन्धित दुई हजार एक सय सातवटा मुद्दा प्रहरीले दर्ता गराएको छ ।

    प्रदेशका १४ वटै जिल्लासँग सम्बन्धित मुद्दाको यो सङ्ख्या साउनदेखि कात्तिकसम्मको हो । कर्तव्य ज्यान, लागुऔषध, मानव बेचबिखन, जबरजस्ती करणी, ज्यान मार्ने उद्योग, चोरीलगायत विभिन्न शीर्षकमा प्रहरीले मुद्दा दर्ता गराएको छ । अपराधिक घटनाको अनुसन्धान सकेर प्रहरीले अभियुक्तसहित मिसिल बुझाएपछि सम्बन्धित जिल्ला सरकारी वकिल कार्यालयले अभियोग पत्र तयार पारेर अदालतमा मुद्दा दर्ता गर्ने गरेको छ ।

    प्रहरीमार्फत दर्ता गराइएकामध्ये हालसम्म सात सय ४० वटा मुद्दाको अदालतबाट अन्तिम किनारा लागिसकेको छ । अनुसन्धानकै क्रममा रहेका एक हजार तीन सय ६७ वटा मुद्दाको छिनोफानो हुन बाँकी छ ।

    अपराध अनुसन्धान र नियन्त्रणका लागि प्रहरी महानिरीक्षक, प्रदेश १ प्रहरी प्रमुख र १४ वटै जिल्लाका प्रहरी प्रमुखबीच यसअघि नै कार्य सम्पादन सम्झौता भएको थियो । सम्झौताको अक्षरस पालना र प्रभावकारी कार्यान्वयन हुँदा अपराधिक घटनामा संलग्नको पहिचान, पक्राउ र कारबाही चाँडो गरेर अघि बढाउन सजिलो भएको प्रदेश १ प्रहरी प्रमुख डीआईजी ईश्वरबाबु कार्कीले जानकारी दिए ।

    ‘प्रहरीको कार्य सम्पादन प्रभावकारी भएकाले अपराधिक घटना नियन्त्रण र अनुसन्धानमा सफलता मिल्दा दुई हजार एक सय सातवटा अपराधसँग सम्बन्धित मुद्दा दर्ता भएका छन्,’ उनले भने, ‘आर्थिक वर्षको पहिलो चौमासिकमा विभिन्न कारबाहीमार्फत ११ करोड रुपैयाँ राजस्व संकलन भएको छ ।’ डीआईजी कार्कीका अनुसार प्रदेशमा पछिल्लो समय अपराध नियन्त्रण एवम् अनुसन्धान, भन्सार चोरी तस्करी, नदीजन्य पदार्थ एवं प्राकृति सम्पदाको दोहन, वन्यजन्तु एवम् काठ चोरी निकासी नियन्त्रण र ट्राफिक व्यवस्थापनको काममा प्रहरीलाई सफलता मिलिरहेको छ ।

    त्यस्तै विभिन्न अपराधमा अदालतले दोषी ठहर गर्दै कैद सजाय र जरिवानाको फैसला सुनाए पनि फरार रहेका प्रतिवादीलाई पक्राउ गर्न तथा फैसला कार्यान्वयनमा पनि प्रहरीले सफलता प्राप्त गरिरहेको उनको भनाइ छ । कार्कीका अनुसार चार महिनाको अवधिमा विभिन्न अपराधमा कैद वा जरिवानाको फैसला भए पनि फरार रहेकामध्ये एक सय ९३ फरार प्रतिवादी पक्राउ परेका छन् ।

    फरार प्रतिवादी पक्राउ गर्दा तीन सय वर्ष कैद र एक करोड ११ लाख ३३ हजार ६९ रुपैयाँ जरिवाना असुल भएको जानकारी उनले दिए । दोषी ठहर भएका प्रतिवादीलाई प्रहरीले पक्राउ गरेर बुझाएपछि अदालतले कैद सजाय भुक्तान गर्न कारागार पठाउने गरेको छ । जरिवाना गरिएकासँग असुल गर्ने गरेको छ ।

    त्यस्तै भन्सार छली गरेर सामानको अवैध चोरी निकासी गर्ने ३८ जना यो अवधिमा पक्राउ परेका छन् । प्रहरीले तस्करी नियन्त्रण विशेष अभियानअन्तर्गत अवैध आयात-निर्यातमा संलग्नलाई पक्राउ गरेर उनीहरुसहित बरामद भएका तस्करीका सामान भन्सार बुझाउने गरेको छ । तस्करी नियन्त्रण अभियानमार्फत पाँच करोड ५५ लाख ५३ हजार एक सय ९० रुपैयाँ बराबरका सामान नियन्त्रणमा लिएर प्रहरीले कारबाहीका लागि भन्सार कार्यालयमा बुझाइसकेको डिआइजी कार्कीले बताए ।  कोसी अनलाइन

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    सम्बन्धि खबरहरु

    ७ मन्त्रालय रहेको प्रदेश १ ले अब ५ वटा मन्त्रालय थपर १२ मन्त्रालय बनाउने

    इटहरीमा ६ जनाको समूहले एक महिलालाई धानखेतमा लगेर जबर्जस्ती करणी,चारजना १८ वर्षमुनि

    प्रदेश १ मा १६८ जनामा कोरोना सङ्क्रमण, चार पुरुषको मृत्यु

    विराटनगर कांग्रेस सभापतिमा दीपक चापागाईं निर्वाचित

    विगत २४ घण्टामा प्रदेश १ मा चार सय ८८ जनामा कोरोना सङ्क्रमण पुष्टि

    १३.५ मेगावाट क्षमताको सुपर काबेली ‘ए’ जलविद्युत् आयोजना निर्माणको तयारी सुरु

    ताजा समाचार
    १.

    किन ओली निवास धाइरहन्छन् प्रधानमन्त्री प्रचण्ड ?

    १ हफ्ता अघि
    २.

    भागबन्डा नमिल्दा कर्णालीको मन्त्रिपरिषद् विस्तारमा अन्योल

    १ हफ्ता अघि
    ३.

    नागढुङ्गा–नौबिसे सुरुङमार्गसहित दर्जनौँ सडकको काम रोकियो, प्रहरी परिचालन गर्दा पनि व्यवसायीले बालुवा बेच्न मानेनन्

    १ हफ्ता अघि
    ४.

    पोखरा विमान दुर्घटनाः आज शव काठमाडौँ पठाइँदै

    १ हफ्ता अघि
    ५.

    हेर्नुहोस् माघ ३ गते मंगलबारको राशिफल

    १ हफ्ता अघि
    ६.

    आज मन्त्रिपरिषद विस्तार, कुन पार्टीलाई कुन मन्त्रालय?

    १ हफ्ता अघि
    समाचार
    थप

    किन ओली निवास धाइरहन्छन् प्रधानमन्त्री प्रचण्ड ?

    भागबन्डा नमिल्दा कर्णालीको मन्त्रिपरिषद् विस्तारमा अन्योल

    नागढुङ्गा–नौबिसे सुरुङमार्गसहित दर्जनौँ सडकको काम रोकियो, प्रहरी परिचालन गर्दा पनि व्यवसायीले बालुवा बेच्न मानेनन्

    पोखरा विमान दुर्घटनाः आज शव काठमाडौँ पठाइँदै

    साँचो खबर
    थप

    डा. महाबिर पुन द्वारा गुरुकुल/भाष्कर स्कुलमा किताब बिमोचन

    एसईईको नतिजा पर्खेर बसेका विद्यार्थीलाई गुरुकुल विद्या सदन मा.वि नयाँबजार र भाष्कर मेमोरियलको इन्ट्रान्स बुस्टर

    Add Space

    पत्राचार ठेगाना

    साँचो खबर डट कम ( www.sachokhabar.com )
    कीर्तिपूर ,काठमाण्डौ

    अध्यक्ष : सरिता कोइराला 
    प्रबन्ध निर्देशक/प्रधान सम्पादकः  – खगराज लामिछाने

    +९७७ – ९८५११९४०४५ / ९८४९०९४०४५

    सूचना विभाग दर्ता नं. २४८९ / ०७७ – ७८

    MORE TEAM DETAIL

    Well Come to our face book page


    Click Here  

    साईट नेभिगेशन

    • गृह पृष्ठ
    • हाम्रो बारेमा
    • मिति कन्भर्टर
    • बिज्ञापन

    पेजहरु

    • गृह पृष्ठ
    • हाम्रो बारेमा
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ साँचो खबर Online Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution