नेपालमा रहेको सबैभन्दा महंगो स्कुल, नर्सरी पढ्ने बच्चाका लागि नै बार्षिक ११ लाख ७५ हजार शुल्क

लिंकन स्कुल नेपालमा रहेको सबैभन्दा महंगो स्कुल हो । यसको शुल्क नेपालमा भएका सबै स्कुलभन्दा बढी छ । यो अमेरिकी सरकारसँग सम्बन्धि नेपालमा खोलिएको स्कुल हो । यसको शुल्क, कोर्ष सबै नेपाल स्थित अमेरिकी दुतावासको वेबसाईटमा राखिएको हुन्छ ।

लिंकन स्कुल सन् १९५४ मा स्थापना भएको हो । काउन्सिल अफ इन्टरनेशनल स्कुल्स एन्ड न्यू इंग्ल्यान्ड एसोसिएसन अफ स्कुल्सको सम्बन्धमा सञ्चालित यो विद्यालय अमेरिकन पाठ्यक्रममा आधारित छ ।

काठमाडौंको रवी भवनमा रहेको यस स्कुल मुलुककै सबैभन्दा महंगो विद्यालयमा पर्छ । स्कुल खासगरी विदेशी कुटनीतिक नियोग अधिकारीका सन्तान अध्ययन गर्छन् । विद्यालयमा कम्प्युटर, म्यूजिक, आर्ट तथा शारीरिक विकासका साथै फ्रेन्च, स्पेनिस भाषा पनि पढाइन्छ । यहाँको शुल्क अप्लाइन गर्नमा मात्रै प्रिस्कुलमा १ सय डलर, कक्षा १ देखि १२ सम्म ४ सय ५० डलर यदी नयाँ विद्यार्थी भएमा कक्षा १ देखि १२ सम्ममा ७ हजार डलर तोकिएको छ ।

बार्षिक रुपमा सबै शुल्क एकमुष्ट बर्ष २०२०–२०२१ का लागि प्रिस्कुल (पीएस) मन्टेश्वरी देखि ४ कक्षासम्मका लागि ८ हजार ६ सय ७५ डलर, पाँच कक्षाका लागि २३ हजार ९ सय ६५ डलर, कक्षा ६ देखि ८ सम्मका लागि २६ हजार ४ सय २०, कक्षा ९ देखि ११ सम्मका लागि २९ हजार एक सय डलर र कक्षा १२ का लागि २९ हजार २ सय २० डलर तोकिएको छ ।

यति मात्र हैन पिएसका लागि भर्ना आवेदनका लागि मात्रै एक सय डलर, कक्षा १२ का लागि ४ सय ५० डलर तोकिएको छ । कक्षा १२ मा नयाँ विद्यार्थी भर्ना हुने हो भने भर्नाका लागि मात्र ७ हजार ५ सय डलर लाग्नेछ । साथै पिएस देखि कक्षा १२ का सबै विद्यार्थीका लागि १ हजार १ सय डलर बस सेवाको थप हुनेछ ।

यो सबै शुल्क अमेरिकी डलरमा उल्लेख छ । यो शुल्कलाई नेपालीमा रुपान्तरण गर्ने हो भने नर्सरीमा पढ्ने साना बच्चाका लागि नै बार्षिक शुल्क ८ हजार ६ सय ७५ डलर, भर्ना आवेदन १०० डलर, बस सेवा शुल्क १ हजार एक सय गरेर जम्मा ९ हजार ८ सय ७५ हुन पुग्छ । यसलाई नेपालीमा रुपान्तरण गर्दा ११ लाख ७५ हजार पुग्दछ । यसैले लिंकन स्कुल नेपालमा रहेको सबैभन्दा महंगो स्कुल हो ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *